site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बिमाबाट पाउने औषधि एक महिनाका लागि मात्रै दिन बोर्डको अनुरोध

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले बिमामा आवद्ध बिरामीलाई बढीमा एक महिनाका लागि पुग्ने औषधि मात्रै दिन अनुरोध गरेको छ । केही अस्पतालहरूबाट एकैपटक तीन महिनाको औषधि दिने गरिएको र त्यसले बोर्डको भुक्तानी प्रक्रियामा वाधा पुर्याएको बोर्डले जनाएको छ ।
 
“चिकित्सकको सल्लाहमा लामो समय औषधि वितरण गर्नुपर्ने बिरामीलाई बढीमा एक महिनाका लागि मात्रै वितरण गरिदिनुु हुन अनुरोध छ” बोर्डद्वारा जारी परिपत्रमा उल्लेख छ । 

केही दिनअघि चितवनस्थित भरतपुर अस्पतालले स्वास्थ्य बिमामा आवद्ध बिरामीहरूलाई एकै पटक तीन महिनासम्मको लागि औषधि (आवश्यक पर्ने बिरामीको लागि) दिने निर्णय गरेको थियो । बीमाका बिरामीको भीड कम गर्न र उनीहरूको सुविधाका लागि यो निर्णय गरिएको अस्पतालको भनाइ छ ।

hospital_circular_notice_may28_20231685341871.jpg

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १२:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro