site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टर्कीको राष्ट्रपतिमा पुनः एर्दोगान निर्वाचित

काठमाडौं । टर्कीको राष्ट्रपतिमा पुनः रेसेप तैयप एर्दोगान निर्वाचित भएका छन् ।

राष्ट्रपतिका लागि आइतबार भएको चुनावमा विजयी हासिल गर्दै पुनः पाँच वर्षका लागि आफ्नो कार्यकाल सुनिश्चित गरेका हुन् ।

दोस्रो चरणको चुनावमा एर्दोगानले आफ्ना प्रतिद्धन्द्धी केमाल किलिचदारोग्लुलाई हराउँदै जित हात पारेका हुन् ।

जित पछि एर्दोगानले साढे आठ करोड देशवासीले जितेको भन्दै राजधानी अंकरामा खुसी मनाएका छन् । तर, उनका प्रतिद्धन्द्धी विपक्षी गठबन्धनका नेता किलिचदारोग्लुले भने स्पष्टरूपमा जित स्वीकारेका छैनन् ।

राष्ट्रपति एर्दोगानले करिब ५२ प्रतिशत र  किलिचदारोग्लुले करिब ४७ प्रतिशत मत पाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  ११:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro