बाह्रखरी फोटो
काठमाडौं । टीकापुर घटनामा दोषी ठहर भई जेलजीवन बिताइरहेका रेशम चौधरी राष्ट्रपतिबाट आममाफी पाएर सोमबार रिहा भएका छन् । सरकारको निर्णयपछि उनी डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।
जेलमुक्त भएसँगै चौधरी डिल्लीबजारबाट गाडीमा काठमाडौंकै माइतीघर पुगेका थिए । त्यहाँ उपस्थित समर्थकलाई उनले अभिवादन गरे । रेशमपत्नी एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जीता चौधरी पनि त्यति बेला साथमै थिइन् ।
जेलबाट बाहिरिँदा रञ्जीतासहित नागरिक उन्मुक्ति पार्टीका नेता–कार्यकर्ताले उनलाई फूलमालाले स्वागत गरेका थिए । माइतीघरमा पनि सो पार्टीका नेता–कार्यकर्ताले खुसी साटासाट गरे ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १०:३०
प्रतिक्रिया दिनुहोस्