site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
हारका बाबजुद रियाल सोसिडाड शीर्ष चारमा

काठमाडौं । रियाल सोसिडाड आइतबार राति एट्लेटिको मड्रिडसँग २–१ ले पराजित भए पनि स्पेनिस ला लिगाको शीर्ष चारमा रहेर अर्को सिजन च्याम्पियन्स लिग खेल्ने पक्का भएको छ । पाँचौँ स्थानमा रहेको भिल्लारियाल रायो भायोकानोसँग २–१ ले पराजित भएपछि रियाल सोसिडाडको शीर्ष चार पक्का भएको हो ।

पराजयपछि रियाल सोसिडाड ६८ अंकका साथ चौथो स्थानमा छ । त्यो पाँचौँ स्थानको भिल्लारियालभन्दा पाँच अंकले माथि हो । लिगमा अब तीन अंकको खेल मात्र बाँकी छ ।

Dabur Nepal
NIC Asia

योसँगै स्पेनिस ला लिगाबाट अब विजेता बार्सिलोना, रियाल मड्रिड, एट्लेटिको मड्रिड र रियाल सोसिडाडले अर्को सिजन च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् । बार्सिलोनाले यसअघि नै लिग उपाधि पक्का गरिसकेको छ ।

qfagshd1685332615.jpg

लिगमा अन्तिम चरणको खेल बाँकी हुँदा बार्सिलोना ८८ अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानको रियालले ७७ अंक जोडेको छ । एट्लेटिकोले ७६ अंक जोडेको छ ।

बार्सिलोनाले गए राति मालोर्कालाई ३–० ले पराजित गरेको थियो । बार्सिलोनाको जितमा अंसु फातिले दुई र गाभीले एक गोल गरे । पराजित मालोर्का ४७ अंकका साथ १२औँ स्थानमा छ । भिल्लारियाललाई पराजित गर्ने रायो भायोकानो ४९ अंकका साथ दशौँ स्थानमा छ । 

गए राति छैटौँ स्थानको रियाल बेटिसले नवौँ स्थानको जिरोनालाई २–१ ले हरायो । सातौँ स्थानको ओसासुना १४औँ स्थानको गेटाफेसँग २–१ ले पराजित भयो । आठौँ स्थानको एथलेटिक क्लब पनि पुछारको इल्चेसँग १–० ले पराजित भयो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  ०९:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro