site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
साविक विजेता मिलानको शीर्ष चार पक्का

काठमाडौं । ओलिभर जिरौडले गरेको गोलमा एसी मिलानले आइतबार राति  इटालियन सिरी ‘ए’मा युभेन्टसलाई १–० ले हराएको छ । योसँगै मिलानले शीर्ष चारमा रहेर अर्को सिजन यूईएफए च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको छ ।

लिगमा अन्तिम खेल बाँकी हुँदा मिलान ६७ अंक जोडेर चौथो स्थानमा छ । त्यो पाँचौँ स्थानमा रहेको एटलान्टाभन्दा ६ अंकले माथि हो । पराजित युभेन्टस ५९ अंकसहित सातौँ स्थानमा छ ।

Dabur Nepal
NIC Asia

खेलाडी स्थानान्तरणको नियम उल्लंघन गरेको भन्दै युभेन्टसलाई कारबाही गरेर १० अंक कटौती गरिएको थियो । त्यसकारण युभेन्टस सातौँ स्थानमा झरेको हो । कारबाहीमा परेपछि युभेन्टसले लिगमा खेलेका दुवै खेल हारेको छ ।

मिलानले शीर्ष चारमा स्थान सुरक्षित गरेसँगै इटालियन सिरी ‘ए’बाट अर्को सिजन च्याम्पियन्स लिग खेल्ने चारै टिमको टुंगो लगोको छ । सिरी ‘ए’बाट अब लिग विजेता नेपोली, लाजियो, इन्टर मिलान र एसी मिलानले च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

एसी मिलान जारी सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा सहरी प्रतिद्वन्द्वी इन्टरसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । फाइनलमा स्थान पक्का गरेको इन्टरले अब उपाधिका लागि इंग्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

सातौँ स्थानमा रहेको युभेन्टसले युरोपा कन्फेरेन्स लिगमा स्थान बनाएको छ । यरोपा लिगको फाइनलमा इटालियन क्लब एएस रोमाले स्पेनिस क्लब सेभियालाई पराजित गर्दै उपाधि जितेमा युभेन्टसको पनि युरोपा लिग खेल्ने सम्भावना कायम रहन्छ ।

गए राति इटालियन सिरी ‘ए’मा विजेता नेपोलीले बोलोग्नासँग २–२ को बराबरी खेल्यो । लाजियो क्रोमोनेसलाई ३–२ ले हराउँदै दोस्रो स्थानमा उक्लियो । लेसले मोन्जालाई १–० ले पराजित गर्‍यो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  ०९:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro