site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीन करोड पारिश्रमिक लिने सिनेमेटोग्राफर मार्क ली नेपाली सिनेमा खिच्न पुनः नेपाल आउँदै छन् ?

काठमाडौं । सिनेमेटोग्राफर मार्क ली पिङ बिङले चलचित्र ‘डाकिनी’ खिचे । नेपाल आएर उनले पाटन र पनौतीमा ‘डाकिनी’ खिचेका थिए । सिनेमाका केही सिन पशुपति र अन्य ठाउँमा पनि छ । यो चलचित्र विश्वका विभिन्न फेष्टिभल हुँदै अहिले नेपाल आइपुगेको छ । आम नेपाली दर्शकको टेष्ट बाहिरको सिनेमा भन्दै यसका निर्माताले ‘डाकिनी’को सीमित रिलिज गरे । 

यो चलचित्रको सिनेमेटोग्राफी, कलर र साउण्डको खुलेर तारिफ भइरहेको छ । पाटन र पनौतीको सिनमा मार्कलीले आफ्नो सिनेमेटोग्राफीको अब्बल कला देखाएका छन् । के मार्क लीलाई पुनः नेपाली सिनेमा खिच्न बोलाउन सकिँदैन ?

“हामीले उहाँसँग यस विषयमा कुरा गरेका छौँ । उहाँले राम्रो स्टोरी भयो भने म जसरी पनि आउँछु भन्नु भएको छ,” ‘डाकिनी’ निर्माता म्याक्स (दीपेश खत्री) बाह्रखरीसँग भन्छन्, “हामीले राम्रो स्टोरी दिन सक्यौं भने उहाँ पक्कै पनि आउनु हुन्छ ।” तर, यसका लागि पहिला आफैँलाई सिनेमाको स्टोरी चित्त बुझ्नु पर्ने र त्यसपछि मात्रै प्रस्ताव गर्न सकिने उनको भनाइ छ । 

“कलात्मक हिसावले उहाँ कति अब्बल सिनेमेटोग्राफर हो, त्यो त डाकिनी र उहाँका सिनेमा हेर्नेलाई थाहै छ । तर, व्यक्तिगत हिसावले उहाँ सरल र सहज मान्छे हो,” म्याक्स भन्छन् । 

‘डाकिनी’ नेपालकै महँगो चलचित्र ?

मार्कलीलाई बोलाउँदा आर्टिस्टिक मुभीका लागि मात्रै बोलाउने म्याक्स बताउँछन् । “उहाँलाई डोल्पा, हुम्ला, रारा, मुस्ताङ, ढोरपाटनजस्ता क्षेत्रमा सिनेमा खिचाउन सक्ने हो भने सिंगो नेपाल साँच्चै सिनेमा छायांकनका लागि स्टुडियो हो भनेर विश्वलाई देखाउन सकिन्थ्यो,” म्याक्स भन्छन्, “तर, उहाँलाई कसरी पे गर्ने भन्ने मुख्य कुरा हो । डाकिनीमा त निर्देशक खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे)सँगको सम्बन्धका कारण पारिश्रमिकको विषय सहज थियो । यसमा क्राउड फण्डिङबाट लगानी गरिएका कारण उहाँलाई पारिश्रमिक दिन सहज भएको थियो । उहाँलाई जसले जसरी प्रस्ताव गरियो, त्यसले सहज भएको थियो ।” 

‘डाकिनी’मा मार्क लीले तीन करोड रुपैयाँ लिएका थिए । त्यो पनि उनको यो पारिश्रमिक होइन । उनलाई तीन करोड पकेटमनी जस्तो मात्रै दिएको यसको निर्माण पक्षले यसअघि नै बताइसकेको छ । “हामी मार्कलीलाई पारिश्रमिक दिएर ल्याउन सक्तैनौं । व्यापारिक प्रयोजन नभएर डाकिनीजस्तै आर्टिस्टिक मुभी बनाउने अवस्थामा बोलाउन सकिएला,” म्याक्स भन्छन्, “हामी करोडौैं रुपैयाँ पारिश्रमिक दिनसक्ने अवस्थामा छैनौं । २०/३० लाख रुपैयाँसम्म रिस्क लिन सक्छौँ । तर, करोडौं रुपैयाँ सिनेमेटोग्राफीमा मात्रै खर्च गर्नसक्ने अवस्था हाम्रो छैन ।”  

‘डाकिनी’मा तीन करोड पारिश्रमिक लिने सिनेमेटोग्राफर मार्क ली को हुन् ?

डोल्पा, रारा, मुस्ताङजस्ता ठाउँमा जानबित्तिकै बजेट महंगो हुने तथ्यलाई पनि नजरअन्दाज गर्न नहुनेमा उनको जोड छ । मार्क ली र उनको टिमलाई उनको स्ट्यान्डर्डमा राख्नुपर्दा त्यो नै नेपाली मेकरका लागि महंगो हुने उनको भनाइ छ । 

तर, मार्कलीको काम देखेर म्याक्सलाई अझै लोभ लागिरहेको छ । ‘डाकिनी’को छायांकन बिहान झिसमिसेमा पनाैतीमा थियो । “यो फिल्म हेरका दर्शकले याद गरेको पनि हुनुपर्छ, जहाँ क्यारेक्टरले काम गर्दैन मार्क लीको सिनेमेटोग्राफीले काम गरेको छ । जहाँ क्यारेक्टरले काम गर्न सुरु गर्छ, उहाँले आफ्नो काम रोकिदनु भएको छ,” म्याक्स भन्छन्, “मार्कलीलाई ल्याएर डोल्पा, रारा लगेर सिनेमा खिच्न सक्ने हो भने त जादु हुन्थ्यो । तर, हामी उहाँलाई कसरी बोलाउन सक्छौँ भन्ने महत्वपूर्ण कुरा हो । डाकिनीमा हामीले चिया खर्च भनेर तीन करोड रुपैयाँ दियौँ, यसपटक चिया मात्रै ख्याउँछौँ भन्नु पर्ला (हाँस्दै) ।”

ताइवानी सिनेमेटोग्राफर मार्क ली विश्वकै उत्कृष्ट सिनेमेटोग्राफरमध्येका एक हुन् । उनले २१ अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरिसकेका छन् । मार्क लीले सन् २००० मा वङ कर वाइको फिल्म ‘इन द मुड फर लभ’का लागि कान्स फिल्म फेस्टिभलको ग्रान्ड टेक्निकल प्राइज पाएका थिए । ‘इन द मुड फर लभ’सहित ‘द असासियन’, ‘रेनोयर’, ‘नर्वेजियन उड’, ‘फ्लाइट अफ रेड बलुन’लगायत उनले खिचेका चर्चित सिनेमा हुन् ।

एभोकाडोजस्तो ‘डाकिनी’, सुरुमा कस्तो–कस्तो पछि मिठो ! 

मार्क ली एकेडेमी अफ मोसन पिक्चर एन्ड साइन्सेज (ओस्कर अवार्ड)का सदस्यसमेत हुन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  ०६:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro