site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘डाकिनी’मा तीन करोड पारिश्रमिक लिने सिनेमेटोग्राफर मार्क ली को हुन् ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र ‘डाकिनी’मा सिनेमेटोग्राफरले तीन करोड रुपैयाँ पारिश्रमिक लिएका छन् । साढे नौ करोड लगानीमा बनेको चलचित्रमा सिनेमेटोग्राफरले तीन करोड पारिश्रमिक लिएका हुन् । 

तर, यसका कलाकार तथा निर्माता रवीन्द्रसिंह बानियाँ भने सिनेमेटोग्राफरले तीन करोड पारिश्रमिक नभएर पकेटमनी मात्रै लिएको बताउँछन् । “डाकिनीमा हामीले सिनेमेटोग्राफरलाई पारिश्रमिक दिएका हैनौं, उहाँलाई हामी पारिश्रमिक दिन सक्दैनौँ,” उनले भने, “वास्तवमा तीन करोड त उहाँको हामीले चिया खर्च लिएजस्तो मात्रै हो ।” नेपालमा तीन करोडमा बनेका चलचित्रलाई बिग बजेटका चलचित्र भनिन्छ । 

‘डाकिनी’ सिनेमेटोग्राफर मार्क ली पिङ बिङले खिचेका हुन् । ताइवानी सिनेमेटोग्राफर मार्क ली विश्वकै उत्कृष्ट सिनेमेटोग्राफरमध्येका एक हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

एभोकाडोजस्तो ‘डाकिनी’, सुरुमा कस्तो–कस्तो पछि मिठो ! 

उनले २१ अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरिसकेका छन् । उनले  सन् २००० मा वङ कर वाइको फिल्म ‘इन द मुड फर लभ’का लागि कान्स फिल्म फेस्टिभलको ग्रान्ड टेक्निकल प्राइज पाएका थिए । मार्क लीले खिचेका चर्चित फिल्ममा ‘इन द मुड फर लभ’सहित ‘द असासियन’, ‘रेनोयर’, ‘नर्वेजियन उड’, ‘फ्लाइट अफ रेड बलुन’लगायत छन् ।

Global Ime bank

मार्क ली एकेडेमी अफ मोसन पिक्चर एन्ड साइन्सेज (ओस्कर अवार्ड)का सदस्यसमेत हुन् । उनले ‘डाकिनी’ निर्देशक खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे)सँगको सम्बन्धका कारण मात्रै ‘डाकिनी’ खिचेको रवीन्द्रको भनाइ छ । खिन्से ठूला बौद्ध धर्मगुरु हुन् । 

खिन्सेले ‘डाकिनी’का लागि चीनबाट क्राउड फन्डिङबाट पैसा जुटाएका थिए । एक घण्टामा क्राउड फण्डमा साढे नौ करोड रुपैयाँ जम्मा भएको रवीन्द्रले जानकारी दिए । 

‘डाकिनी’ पनौती र ललितपुरको पाटनमा खिचिएको थियो । 

चलचित्रको मुख्य भूमिकामा भियतनामका छिरिङ तासी र अमेरिकाबाट आएकी तेन्जिङ कुन्सेल छन् । भारतमा जन्मिएका यी दुवै कलाकार तिब्बती मूलका हुन् । नेपालका रवीन्द्रसिंह बानियाँ, दिव्यदेव, कर्मालगायत कलाकारको अभिनय छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  ०६:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC