site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘डाकिनी’ नेपालकै महँगो चलचित्र ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘डाकिनी’ नेपालमा बनेको सबैभन्दा महँगो चलचित्र भएको छ । साढे नौ करोडमा बनेको यो चलचित्र हालसम्म बनेको नेपालको महँगो सिनेमा हो । 

यसअघि ०७६/०७७ मा चलचित्र विकास बोर्डमा दर्ता भएको चलचित्र ‘नालापानी’को लगानी ११ करोड रुपैयाँ रेकर्डमा देखाइएको थियो । तर, त्यसमा त्यति लगानी नरहेको ‘नालापानी’का निर्देशक रिमेश अधिकारीले स्पष्ट पारे । “नेपाली सेनाले तीन/चार करोड रुपैयाँ बराबरको सहयोग गरेको थियो । तर, पनि ११ करोड भने खर्च भएको होइन,” उनले भने, “यसको आधाको हाराहारीमा खर्च भएको होला । विकास बोर्डमा भएको दर्तामा सायद इन्ट्री गर्दा गल्ती भएको हुनुपर्छ ।” 

‘डाकिनी’मा तीन करोड पारिश्रमिक लिने सिनेमेटोग्राफर मार्क ली को हुन् ?

Agni Group

खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे)ले निर्देशन गरेको ‘डाकिनी’ क्राउड फण्डिङबाट लगानी जुटाएर बनाइएको हो । चीनमा ओपन गरिएको क्राउड फण्डमा एक घण्टामा साढे नौ करोड जम्मा भएको ‘डाकिनी’का कलाकार रवीन्द्रसिंह बानियाँले बताए । त्यसैले नेपाली लगानीकर्ता आफैँले पैसा हालेर निर्माण गरिएको सिनेमा भने यो पनि होइन । तर, नेपाली सिनेमा कम्पनीले भने बनाएको हो । यसका निर्माता म्याक्स (दिपेश खत्री) हुन् । षट्कोण आर्टसले बनाएको सिनेमा हो ‘डाकिनी’ । निर्देशक खिन्से ठूला बौद्ध धर्मगुरु पनि हुन् । 

नेपालका धेरैजसो चलचित्रको अहिलेको बजेट दुई करोडदेखि तीन करोड रुपैयाँ हो । 

Global Ime bank

यसमा सिनेमेटोग्राफरले तीन करोड रुपैयाँ पारिश्रमिक लिएका छन् । ‘डाकिनी’ सिनेमेटोग्राफर मार्क ली पिङ बिङले खिचेका हुन् । ताइवानी सिनेमेटोग्राफर मार्क ली विश्वकै उत्कृष्ट सिनेमेटोग्राफरमध्येका एक हुन् । मार्क ली एकेडेमी अफ मोसन पिक्चर एन्ड साइन्सेज (ओस्कर अवार्ड)का सदस्यसमेत हुन् । 

‘डाकिनी’ पनौती र ललितपुरको पाटनमा खिचिएको थियो । 

एभोकाडोजस्तो ‘डाकिनी’, सुरुमा कस्तो–कस्तो पछि मिठो !

चलचित्रको मुख्य भूमिकामा भियतनामका छिरिङ तासी र अमेरिकाबाट आएकी तेन्जिङ कुन्सेल छन् । भारतमा जन्मिएका यी दुवै कलाकार तिब्बती मूलका हुन् । नेपालका रवीन्द्रसिंह बानियाँ, दिव्यदेव, कर्मालगायत कलाकारको अभिनय छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  ०५:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC