site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आर्थिक वर्ष २०८०/०८१ को बजेट आज प्रस्तुत हुँदै 

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक आयव्यय (बजेट) आज प्रस्तुत गर्दै छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज अपराह्न संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् । 

सरकारले आर्थिक सुधार गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने गरी बजेट ल्याउने भएको छ । १७ खर्बभन्दा केही रकम बढ्ने गरेर अर्थ मन्त्रालयले बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट आएको थियो, जसलाई मध्यावधि समीक्षामार्फत घटाएर १५ खर्ब ४९ अर्ब खर्च हुने अनुमान गरिएको थियो ।

अर्थ मन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री महतले बजेटमा आर्थिक सुधारसहित अनावश्यक बोझ भएका समितिहरु खारेज गर्ने घोषणा बजेटमा गर्नेछन् ।

Dabur Nepal
NIC Asia

बजेटमा विगतमा जस्तो स्रोत सुनिश्चित नभएका परियोजनामा रकम विनियोजन नहुने र सुधारको कार्यक्रमलाई समावेश गरिनेछ । “आन्तरिक उत्पादन बढाउने र जनतालाई केही महसुस हुने कार्यक्रमको बजेटमा घोषणा हुने छ,” स्रोतले भन्यो ।

अर्थमन्त्री महतले बजेटमा नयाँ ठूला परियोजना भने घोषणा गर्ने छैनन् । सांसद विकास कोष कार्यक्रम नराख्नेमा करिब सहमति देखिएको छ । चल्न नसकेका केही सार्वजनिक संस्थानको निजीकरण तथा मर्जरको घोषणा बजेटमा हुनेछ ।

करको विषय भने बिलासी बस्तुको आयातमा लाग्ने कर बढ्नेछ । विदेशबाट आउने मदिरालगायतको बस्तुको कर बढ्नेछ । विद्युतीय गाडीको कर बढ्ने करिब टुंगो लागिसकेको स्रोतले बतायो ।

अहिले नै तलब दिन नसकिने अवस्था रहेको कारण कर्मचारीको सेवा सुविधा र सामाजिक सुरक्षा भत्ता नबढाउने तयारी छ । सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित गर्ने र आर्थिक रुपले सक्षम वर्गलाई नलिएमा प्रोत्साहन दिने खालको योजना बजेटमा ल्याउने तयारी छ ।

मूल्यवृद्धिअनुसार कर लाग्ने सीमा आम्दानीमा बढाउनुपर्ने भए पनि कर नउठेको कारण यसलाई परिवर्तन गर्न नहुने करका अधिकारीको तर्क छ ।

सुधारको योजनासहित बजेट आउँदै, अन्तिम तयारीको लागि अर्थमन्त्रीको टोली रातभर मन्त्रालयमा रहने

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  ०५:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro