काठमाडौं । बर्दिया र झापामा बलात्कार आरोपमा दुईजना समातिएका छन् ।
बर्दियामा ७० वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा मधुवन नगरपालिका–४, मधुवनगाउँ बस्ने ६० वर्षीय मंगाराम थारुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
थारुले ती महिलालाई शुक्रबार पीडितकै घरमा बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै, झापामा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा अर्जुनधारा नगरपालिका–११, स्टाप चोक बस्ने २७ वर्षीय विवेक श्रेष्ठलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विवेकले ती किशोरीलाई सोही ठाउँस्थित साथीको कोठामा आएको समयमा बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।