site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मकालु बेसक्याम्पमा लेक लागेर एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

किमाथांका । संखुवासभाको मकालु गाउँपालिका–२, मकालु बेसक्याम्पमा एकजनाको मृत्यु भएको छ ।

मकालु गाउँपालिका–२, सेदुवाका ४० वर्षीय तुलाराम विष्टको लेक लागेर शुक्रबार मृत्यु भएको मकालु गाउँपालिका–२ का वडाध्यक्ष छोपाल शेर्पाले जानकारी दिए ।

उनका अनुसार मकालु बेसक्याम्प जाँदै गरेका विष्ट शुक्रबार लेक लागेर बिरामी परेका थिए । विष्टले विदेशी टोलीको भरियाको काम गर्दै आएका थिए ।

“उहाँ मकालु हिमाल आरोहणका लागि आएको विदेशी टोलीसँग पाँच दिनअघि घरबाट हिँडेका थिए,” वडाध्यक्ष शेर्पाले भने ।

विष्टको शव मकालु बेसक्याम्पबाट हेलिकोप्टरमार्फत सेदुवा ल्याउने तयारी भइरहेको उनले बताए ।

सदरमुकाम खाँदबारी घटनास्थलबाट पाँच दिनको पैदल दूरीमा पर्छ । घटनाका बारेमा आज बिहान ११ बजे जिल्ला प्रहरी कार्यालमा जानकारी आएको कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १५:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro