site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हाटखोला मैदानमा हुने एनसेल सांगीतिक कन्सर्टको तयारी पूरा
Sarbottam CementSarbottam Cement

विराटनगर । एनसेल अजियाटाले कोसी प्रदेशको राजधानी विराटनगरमा आयोजना गर्ने सांगीतिक कन्सर्टको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय गायक तथा कलाकारहरुको सहभागितामा शनिबार विराटनगरको हाटखोला मैदानमा कन्सर्ट हुँदै छ ।

एनसेलले शुक्रबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी हुने सबै कलाकार विराटनगर आइपुगेको र सबै तयारी पूरा भएको जानकारी दिइएको हो । कन्सर्टमा दिपक बज्राचार्य र रिदम ब्यान्ड, आशिष राना (लाहुरे), शिव परियार, द एलिमेन्ट्स, अस्मिता अधिकारी, सुनिल पण्डित, कलाकार तथा नायिका केकी अधिकारीलगायतको प्रस्तुति रहने जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आयोजकका अनुसार सांगीतिक कार्यक्रममा सहभागी हुन इच्छुक एनसेल ग्राहक तथा सर्वसाधारणले नजिकैको एनसेल सेन्टर वा आधिकारिक बिक्रेताबाट कार्यक्रमको टिकट लिन सक्नेछन् । त्यसैगरी हाटखोला मैदानमा पुगेर पनि टिकट लिन सकिनेछ । कार्यक्रम स्थलमा रहने एनसेल स्टलबाट समेत विविध सेवा प्राप्त गर्न सकिने छ ।

कोभिडपछि विस्तारै कलाक्षेत्र समेत सुचारु हुन सुरु गरेको जनाउँदै गायक दीपक ब्रजाचार्यले काठमाडौंबाहिर देशका विभिन्न सहरमा आयोजना हुने यसखाले आयोजनाले आर्थिक क्षेत्रसमेत चलायमान हुन मद्दत पुग्ने बताए ।

Global Ime bank

“विगतमा पनि देशबाहिर यस्ता कार्यक्रम एनसेलकै सहयोगमा भएकै थिए । तर, यसपटक भने चलचित्रसँग सम्बन्धित कलाकारहरुसमेत सहभागी भएकोले कार्यक्रम विशेष हुने अपेक्षा गर्न सकिन्छ,” गायक बज्राचार्यले भने, “यसबाट अहिले शिथिल अवस्थामा रहेको व्यापार व्यावसायलाई चलायमान गराउन पनि सहयोग पुग्नेछ ।”

आयोजकले जनाएअनुसार कोसी प्रदेशमा संगीतका पारखीहरुलाई लक्षित गरी ‘रमाऔँ सधैँ सँगै’ भन्ने मूल नारासाथ कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रमस्थलमा फुड स्टलको पनि प्रबन्ध गरिएको छ ।

एनसेलले गत वैशाख २ गते काठमाडौंको दरबारमार्गमा ‘१६औँ दरबारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे’ आयोजना गरेको थियो । अर्थतन्त्र र पर्यटन व्यवसायलाई पुनरुत्थान, नवउत्थानमा लैजाने, आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्याउने, लघु, घरेलु, साना तथा मझौला उद्यमको मनोबल उच्च राख्ने उद्देश्यसाथ कार्यक्रम गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

एनसेल नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो । सन् २००४ मा स्थापित कम्पनीले उच्च गुणस्तरको आधुनिक सेवा प्रदान गर्दै आएको छ । सन् २०२२ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको कम्पनीले एक करोड ६० लाखभन्दा धेरै ग्राहकलाई सेवा दिँदै आएको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १८:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC