site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रीलंकाले पाँचौँ स्थानका लागि किर्गिस्तानसँग खेल्ने
Tiktok banner adTiktok banner ad

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप–२०२३ को पाँचौँ स्थानका लागि श्रीलंकाले किर्गिस्तानसँग खेल्ने भएको छ । 

बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा रहेको कभर्डहलमा भएको खेलमा बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै श्रीलंकाले पाँचौँ स्थानका लागि किर्गिस्तानसँगको भेट पक्का गरेको हो ।

श्रीलंकाले बंगलादेशलाई २५–१६, २५–१५, २५–७ ले पराजित गरेको हो । 

यसअघि बिहीबार नै भएको पहिलो प्लेअफमा माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै किर्गिस्तानले पाँचौँ स्थानको लागि हुने खेलमा स्थान बनाएको थियो ।

यता श्रीलंकासँग पराजित बंगलादेश र किर्गिस्तानसँग पराजित माल्दिभ्सले भने सातौँ स्थानका लागि खेल्ने छन् । पाँचौँ र सातौँ स्थानका लागि हुने दुवै खेल शनिबार हुने छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  २०:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro