site stats
बाह्रखरी :: Baahrakhari
देश
आरजु, मञ्जुदेखि राजेश बज्राचार्यसम्म अझै अनुसन्धान हुन सक्छ 

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा प्रतिवादीहरुको बयानमा पोल खुलेका व्यक्तिहरुका हकमा अझै पनि अनुसन्धान जारी रहेको बताइएको छ । सरकारी वकिलको कार्यालयले बुधबार दायर गरेको अभियोगत्रमा अनुसन्धान गरी थप दाबी अभियोगपत्र पेस गरिने जनाएको छ ।

“प्रस्तुत मुद्दामा प्रतिवादीहरुको बयान पोलमा परी खुलाई दिएका व्यक्तिहरुको हकमा अनुसन्धान कार्य जारी रहेको हुँदा अनुसन्धानका क्रममा स्वतन्त्र  प्रमाणबाट संगठित समूहको सदस्य भई कसूर गरेको खुल्न आएका बखत र हालसम्म एकिन नाम थर वतन नखुलेको व्यक्तिहरुको हकमा एकिन नाम थर, वतन खुली आएका बखत संगठित अपराध निवारण ऐन, २०७०को दफा २२ एवम् मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३५ बमोजिम थप दाबी लिई अभियोगपत्र पेस गरिने व्यहोरा सादर अनुरोध छ,” अभियोगपत्रमा भनिएको छ ।

Argakhachi Cement Island Ad

यसअघि प्रतिवादीहरुले कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा, पूर्वगृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती मञ्जु खाँण, नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा, एमालेका अध्यक्ष केपी शर्मा ओलीका स्वकिय सचिव राजेश बज्राचार्य, सल्लाहकार अजय क्रान्ती, अख्तियार प्रमुख प्रेमकुमार राईलगायतको नाम लिएका छन् ।

यिनीहरुले पनि रकम बुझेको प्रतिवादीहरुको बयानमा उल्लेख छ । जिल्ला न्यायाधीवक्ता महेशप्रसाद खत्रीले पनि पोल खुलेका तर ठोस प्रमाण नपाइएकामाथि थप अनुसन्धानपछि प्रमाण भेटिएमा अभियोगपत्र दर्ता गर्न सकिने बताए ।
 

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १८:३६
प्रतिक्रिया दिनुहोस्