site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
केपी ओलीका स्वकिय सचिव र सल्लाहकारले बुझेका थिए एक–एक करोड 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार अजय क्रान्ति र स्वकिय सचिव राजेश बज्रचार्यले पनि एक एक करोड रुपैयाँ बुझेको पाइएको छ ।

नक्कली शरणार्थी प्रकरणका अभियुक्त केशव दुलालको बयानमा उनीहरुले पनि रकम बुझेको र पछि काम नभएपछि रकम फिर्ता माग्दा आफूहरुलाई धम्की दिएको उल्लेख गरेका छन् ।

Dabur Nepal
NIC Asia

ओलीका स्वकिय सचिव राजेश बज्राचार्यलाई प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर एक करोड बुझाएको बयान दुलालको छ ।

अभियोगपत्रमा दुलालले दिएको बयान यस्तो छ– 
तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलले तपाईँ र तपाईँको आफन्तलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिन्छु भनी निजका छोरा प्रतीक थापामार्फत् मन्त्री क्वाटर पुलचोकमा बोालई निज रामबहादुर थापा बादल राष्ट्रिय सभाको चुनावअघि तीन करोड नगर्दै बुझी लिएको, प्रतीक थापाले नक्साल निलगिरी थकाली भान्सा घरको आँगनको उत्तरतर्फ रहेको होटलको माथिल्लो तलामा बोलाई मिति २०७६ साल असारमा एक करोड बुझी लिएको, त्यसैगरी तत्कालीन गृह सचिव प्रेमकुमार राईले डा. ईन्द्रजित राईमार्फत् गृह मन्त्रालयको सचिवको कार्यकक्षमा बोलाई मिति २०७६ साल साउन महिनामा तीन करोड नगर्दै बुझी लिएको, तत्कालीन प्रधानमन्त्री केपी ओलीको प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले प्रधानमन्त्री क्वाटर बालुवाटारमा ऊर्जा मन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकिय सचिव लिला जिसीमार्फत् बोलाई मिति २०७६ साल असोजमा एक करोड नगदै बुझी लिएको, तत्कालीन ऊर्जा मन्त्री टोपबहादुर रायमाझीका स्वकिय सचिव लीला जिसीले प्रधानमन्त्रीकोमा पैसा पुगिसक्यो । सामाजिक समितिबाट भुटानी शरणार्थीएको विषय निर्णय गर्नुपर्ने रहेछ । ऊर्जामन्त्रीज्यू र मलाई पनि रकम चाहियो भनी ऊर्जा मन्त्रीको क्वाटर पुल्चोकमा बोलाई सामाजिक समितिबाट निर्णय भएको अघिल्लो दिन बेलुका एक करोड नगदै बुझी लिएका हुन् ।

त्यसैगरी तत्कालीन प्रधानमन्त्री केपी ओलीका पूर्व सल्लाहकार डा. अजय क्रान्ती शाक्य (तत्कालीन ईजरालयका नेपाली राजदूत अन्जना शाक्यका श्रीमान्) र तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यका निजी सचिव राजेश्वर स्थापितले सामाजिक समितिबाट भुटानी शरणार्थीको विष्यालार्य निर्णय गर्न माथि रकमको अपुग भयो भनी तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल बस्ने पुल्चोकमा रहेको मन्त्री क्वाटरमा गृहमन्त्री रामबहादुर थापा बादल र ऊर्जामन्त्री टोपबहादुर रायमाझीसँग मिटिङ गराई सकेपछि तपाईँहरुको काम हुने भनी डा. अजय क्रान्ती शाक्य र राजेश्वर स्थापितले जनही एक करोड बुझी लिएका हुन् ।
काम नभएपछि पछि पटक पकट रकम फिर्ता माग्दा हामी पावरमा छौँ तिमीहरुको केही लाग्दैन हामीलाई फोन सम्पर्क गर्ने, भेट्ने काम नगर्नू भनी प्रतीक थापामार्फत खबर पठाउने गरेको ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १७:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro