site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रहरीले भन्यो– प्रमाणबिनै आईजीपीलाई विवादमा तानियो

काठमाडौं । नेपाल प्रहरीले नक्कली शरणार्थी प्रकरणसँग जोडेर प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरको भूमिकाबारे कुनै प्रमाणबिना प्रश्न उठाइएको दाबी गरेको छ ।

आज एक विज्ञप्तिमार्फत प्रहरी महानिरीक्षकको सचिवालयले कुनै आधार, तथ्य र प्रमाणबिना अपराध अनुसन्धानजस्तो संवेदनशील विषयमा सम्प्रेषण गरिएका समाचारले जनतामा भ्रम सिर्जना हुने बताएको छ । साथै प्रहरी संगठनकै विश्वसनीयता, छवि तथा चेन अफ कमान्डमा समेत आँच आउने भएकाले आईजीपीलाई जोडेर आएका समाचारमा नेपाल प्रहरी प्रधान कार्यालयको पूर्ण असहमति रहेको बताइएको छ । 

"कुनै दुई व्यक्तिले गरेको संवादके आधारमा शरणार्थी प्रकरणका आरोपीतबाट प्रहरी प्रमुख स्वयंले नै आर्थिक फाइदा लिएको भन्ने अतिशयोक्ति तथ्य स्थापित गर्न खोजी प्रहरी महानिरीक्षकलाई विवादमा तानिनु अत्यन्त निन्दनीय छ," उनले भनेका छन् ।

नक्कली शरणार्थी प्रकरणमा विभिन्न सञ्चारमाध्यममा आईजीपी कुँवरको भूमिका शंकास्पद रहेको दाबीसहित समाचार आइरहेका छन् ।

348916979_1001190004588306_1363917828836408592_n1684928174.jpg

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १७:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro