site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्से बढ्यो, कारोबार रकम घट्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधबार वृद्धि भएको छ भने कारोबार रकम घटेको छ ।

मंगलबार नेप्से परिसूचक ५१ अंकले वृद्धि भएको थियो । आज भने १६.४९ अंकले वृद्धि भएको छ । गत कारोबार दिनको तुलनामा आज कारोबार रकम घटेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मंगलबार दुई अर्ब २० करोड रुपैयाँको सेयर कारोबार भएको थियो । आज भने एक अर्ब ८७ करोड रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । गत कारोबार दिनको तुलनामा ३२ करोड ७० लाख रुपैयाँ करोबार रकम घटेको छ ।

आज नेप्से परिसूचक ०.८५ प्रतिशतले वृद्धि भएर १९५९.१२ विन्दुमा रोकिएको छ । गत करोबार दिनको तुलनामा कारोबार कित्ता वृद्धि भएको छ । यसदिन कारोबारमा आएका २७० धितोपत्रको ४८ लाख ६५ हजार ४७५ कित्ता खरिद–बिक्री भएको छ । आज शिवम् सिमेन्टको सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री भएको छ । यो कम्पनीको १४ करोड ६४ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको नेप्सेले जनाएको छ ।

Global Ime bank

सर्वाधिक सेयर मूल्य वृद्धि हुनेमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था छ । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।
यस्तै, युनिलिभर नेपालको सेयर मूल्य ९.९६ प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३० हजार ७९० रुपैयाँ कायम भएको छ ।

कारोबारमा आएको १३ मध्ये तीनवटाको परिसूचक घटेको छ । परिसूचक घट्नेमा फाइनान्स ०.४५ प्रतिशत, हाइड्रोपावर ०.३१ प्रतिशत र म्युचुअल फण्ड समूहको १.२१ प्रतिशत रहेको छ ।

परिसूचक सर्वाधिक वृद्धि हुनेमा उत्पादन तथा प्रशोधन समूहको रहेको छ । यो समूहको परिसूचक ४.६९ प्रतिशतले वृद्धि भएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १६:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय