site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
शीतलनिवासमा थन्किएको नागरिकता विधेयक राष्ट्रपति पौडेलले तत्काल प्रमाणीकरण गर्नुपर्छ : निधि
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद विमलेन्द्र निधिले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले तत्काल प्रमाणीकरण गर्नुपर्ने बताएका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सो विधेयक प्रमाणीकरण गर्नका लागि राष्ट्रपति पौडेललाई संविधान र कानुनी रुपमा कुनै पनि बाधा अड्चन नभएको दाबी समेत गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

संघीय संसद्ले दुईदुई पटक पारित गरेर पठाएको सो विधेयक प्रमाणीकरणका लागि आवश्यक सक्रियता देखाउन निधिले सरकारलाई पनि सुझाव दिए । 

“संसद्बाट दुईदुई पटक पारित भएर गएको विधेयक संसद्मा फिर्ता आउनु हुँदैन । र, त्यहीँबाट प्रमाणित नै हुनुपर्दछ,” उनले भने, “मन्त्रिपरिषद्ले नै निर्णय गरेर राष्ट्रपतिजीलाई सल्लाह गरेर कुनै बाधा छ भने त्यो पनि फुकाउनु परेन । यो संविधानसम्मत कुरा नै हो । त्यसकारण नागरिकता विधेयक तत्काल प्रमाणित गर्न लगाउने कुरामा सरकार चाहिँ सम्पूर्ण रुपमा सक्रिय भइदिनुपर्‍यो भन्ने कुरा राख्न चाहन्छु ।”

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १२:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय