site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
उपाधि जितेपछि ला लिगामा बार्सिलोनाको लागतार दोस्रो हार
Sarbottam CementSarbottam Cement

काठमाडौं । चार खेलअगावै स्पेनिस ला लिगाको उपाधि जितेको बार्सिलोना लिग उपाधि जितेपछि भने बार्सिलोना लगातार दुई खेलमा पराजित भएको छ । क्लाटलान क्लब मंगलबार राति रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको रियाल भालाडोलिडसँग ३–१ ले पराजित भयो ।

रियाल भालाडोलिडको लगातार पाँच खेल हारेपछि यो पहिलो जित हो । जितसँगै रियाल भालाडोलिड रेलिगेसन क्षेत्रबाट माथि उक्लिएको छ । रियाल भालाडोलिडले ३६ खेलबाट ३८ अंक जोडेको छ । जुन रेलिगेसन क्षेत्रमा रहेको गेटाफेभन्दा तीन अंकले माथि हो । 

Prabhu Bank
Agni Group
NIC Asia

तर, गेटाफेले एक खेल कम खेलेको छ । गेटाफेले आज राति रियाल बटिसविरुद्ध प्रतिस्पर्धा गर्नेछ । रेलिगेसन क्षेत्रमै रहेको अर्को क्लब स्पानियोलले पनि ३५ खेलबाट ३४ अंक जोडेको छ । स्पानियोलले आज राति दोस्रो स्थानको एट्लेटिको मड्रिडविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

रियल मड्रिड तथा ब्राजिलका पूर्वफरवार्ड रोनाल्डोको स्वामित्वमा रहेको क्लब रियाल भालाडोलिडले अब लिगमा बाँकी दुई खेल अल्मेरिया र गेटाफेविरुद्ध खेल्नेछ ।

Global Ime bank

रियाल भालाडोलिडले घरेलु मैदानमा बार्सिलोनाका रक्षक आन्द्रेस क्रिष्टेनसनको आत्मघाती गोलबाट दोस्रो मिनेटमै अग्रता लिएको थियो । २२औँ मिनेटमा केल लेरिनले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । ७३औँ मिनेटमा गोन्जालो प्लाटाले तेस्रो गोल थपे । खेल सकिन ६ मिनेट बाँकी हुँदा रोबर्ट लेवानडोवस्कीले गरेको गोल बार्सिलोनाका लागि सान्त्वना बन्यो । जारी सिजन पोल्यान्डका फरवार्ड लेवानडोवस्कीको यो २३औँ गोल हो ।

बार्सिलोनाको यो लागातार दोस्रो हार हो । यसअघि बार्सिलोना घरेलु मैदानमै रियाल सोसिडाडसँग २–१ ले पराजित भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  ०९:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement