site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उच्च रक्तचापबाट कसरी बच्ने ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च रक्तचापबाट बच्न खानपानमा ध्यान दिन आग्रह गरेको छ । खानपानमा विशेष ध्यान दिनसके उच्च रक्तचापबाट बच्न सकिने मन्त्रालयको भनाइ छ ।  

धुमपान र मदिरा सेवन नगर्नु, हरियो सागसब्जी र फलफूल धेरै खानु उच्च रक्तचापबाट बच्ने उपाय हुन् । खानामा नुनको प्रयोग कम गर्ने, रातो र धेरै बोसोयुक्त मासु कम खाने गर्नाले पनि उच्च रक्तचापबाट बच्न सकिने मन्त्रालयले जनाएको छ । 

नियमित व्यायाम तथा योग गर्नु पनि उच्च रक्तचापबाट बच्ने अर्को उपाय हो । 

सन् २०१६ मा नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्वेले उच्च रक्तचाप नेपालीका लागि चिन्ता लिनुपर्ने अवस्थामा पुगेको देखाएको छ ।

सन्तुलित खानपान, शारीरिक अभ्यास र तनाव घटाउने गरेमा उच्च रक्तचापको समस्या कम हुने चिकित्सक बताउँछन् । नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्वेमा २५ प्रतिशत वयस्क पुरुषमा उच्च रक्तचाप भेटिएको छ । सहरी क्षेत्रमा यसको प्रभाव अझ बढ्दो छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  ०६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro