site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मधेसमा कांग्रेससहित तीन दल सरकारमा सहभागी हुँदै, माओवादी बाहिरिँदै !
मुख्यमन्त्री सरोजकुमार यादव । फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

जनकपुरधाम । मधेस प्रदेश सरकार विस्तारका लागि सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच सहमति जुटेको छ । नेताहरू जनकपुरधाममा दुई दिन बैठक बसेर सहमतिमा पुगेका हुन् ।

मंगलबार (आज) दिउँसो २ बजे नयाँ मन्त्रीहरूको शपथग्रहण कार्यक्रम तय गरिएको छ । नेपाली कांग्रेसले दुई तथा नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एक/एक मन्त्रालय पाउने सहमति भएको छ ।

हाल जनता समाजवादी पार्टी (जसपा), नेकपा (माओवादी केन्द्र) र जनमत पार्टी सरकारमा सहभागी छन् । जसपाबाट मुख्यमन्त्री सरोजकुमार यादव, खानेपानी तथा ऊर्जामन्त्री सिंहासन सा कलवार, स्वास्थ्य तथा जनसंख्यामन्त्री सुरिता साह र अर्थमन्त्री सञ्जयकुमार यादव छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

माओवादी केन्द्रबाट सुनीता यादव उद्योग, पर्यटन तथा वनमन्त्री छन् । जनमत पार्टीबाट महेश यादव शिक्षा, समाजकल्याण र वाणिज्यमन्त्री र वसन्त कुशवाह भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री छन् ।

गएको चैत २१ गते नेकपा (एमाले) सरकारबाट बाहिरिएपछि रिक्त रहेका चार मन्त्रालयमा कांग्रेसले दाबी गरेको थियो । तर, एकीकृत समाजवादी र लोसपालाई पनि सरकारमा सहभागी गराउनुपर्ने भएकाले कांग्रेसलाई तीन मन्त्रालय दिने सहमति गरिएको छ । एमालेबाट सभामुख बनेका रामचन्द्र मण्डललाई हटाएर त्यो पद कांग्रेसलाई दिने कसरत पनि भइरहेको नेताहरूको भनाइ छ ।

Royal Enfield Island Ad

आज दोस्रोपटक सरकार विस्तार गरिँदा कांग्रेसबाट संसदीय दलका नेता समेत रहेका कृष्णप्रसाद यादवले भौतिक पूर्वाधार विकास मन्त्रालय र कांग्रेस प्रदेश समितको उपसभापति समेत रहेका वीरेन्द्रप्रसाद सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाउने सहमति छ ।

यस्तै, एकीकृत समाजवादीबाट संसदीय दलका नेता गोविन्दबहादुर न्यौपाने मन्त्री बन्नेछन् । लोसपाबाट पनि एकजना मन्त्री बन्नेछन् । यी दुई दलले पाउने मन्त्रालयमा अन्तिम सहमति हुन नसकेको नेताहरूले बताएका छन् ।

लोसपाका नेता उपेन्द्र महतोले आफूहरूले पाउने मन्त्रालयबारे टुंगो लाग्न बाँकी रहेको र अहिले सोही विषयमा छलफलमा भइरहेको बताए ।

यसैबीच, माओवादी केन्द्र प्रदेश सरकारबाट बाहिरिने तयारीमा छ । सम्मानजनक मन्त्रालय नपाएको भन्दै माओवादी सरकारबाट बाहिरिन लागेको हो । माओवादी केन्द्र मधेस प्रदेश संसदीय दलको बैठकबाट यस्तो निर्णय गरिएको सांसद रहबर अन्सारीले जानकारी दिए ।

उनका अनुसार माओवादी र लोसपाले दुई/दुई मन्त्रालय पाउने सहमति भएको थियो । तर, सो सहमतिअनुसार जसपाले मन्त्रालय दिन नमानेका कारण सरकार छाड्न बाध्य भएको उनले बताए । जसपाले कांग्रेसलाई मात्र प्राथमिकतामा राखेको उनको भनाइ छ ।

अहिले माओवादी, लोसपा र जनमतका शीर्ष नेताहरूबीच छलफल भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १३:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro