site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२० वर्षपछि न्युक्यासल च्याम्पियन्स लिगमा, रोचक बन्दै रेलिगेशन क्षेत्र
Tiktok banner adTiktok banner ad

काठमाडौं । न्युक्यासल युनाइटेड २० वर्षपछि युरोपियन क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगमा फर्किएको छ । सोमबार राति सम्पन्न खेलमा लेस्टर सिटीसँग घरेलु मैदानमा गोलरहित बराबरी खेलेसँगै न्युक्यासलले इङ्लिस प्रिमियर लिगको शीर्ष चारमा रहेर अर्को सिजन च्याम्पियन्स लिग खेल्ने पक्का भएको हो । 

घरेलु मैदानमा सुरुदेखी अन्त्यसम्म विपक्षीविरुद्ध हाबी भए पनि न्युक्यासलले गोल भने गर्न सकेन । जुन न्युक्यासल समर्थकको अपेक्षाकृत नतिजा होइन । तथापि, च्याम्पियन्स लिगको सपना साकार भएका कारण उनीहरूले नतिजालाई वास्तवमै वास्ता गरेनन् । न्युक्यासलले लेस्टरको पोष्टमा २३ वटा प्रहार गरेको थियो । लेस्टले भने एउटा प्रहार मात्र गरेको थियो । 

बराबरीपछि घरेलु टिम न्युक्यासलले शीर्ष चारमा स्थान पक्का गर्दा लेस्टरले पनि रेलिगेशनबाट बच्ने झिनो आश जगाएको छ । लिगमा अब एक खेल बाँकी हुँदा न्युक्यासल ७० अंक जोडेर तेस्रो स्थानमा छ । जुन चौथो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा एक र पाँचौँ स्थानको लिभरपुलभन्दा चार अंकले माथि हो । 

चौथो स्थानको युनाइटेडले अब दुई खेल खेल्न बाँकी छ ।  पाँचौँ स्थानको लिभरपुलले अब एक खेल मात्र खेल्न बाँकी छ । लिभरपुलले अन्तिम खेलमा साउथह्याम्पटनलाई पराजित गरे पनि न्युक्यासललाई भेट्टाउन सक्दैन । न्युक्यासलले अन्तिम खेलमा चेल्सीको भ्रमण गर्नेछ । चौथो स्थानको युनाइटेडले भने अब चेल्सी र फुलहमविरुद्ध घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ ।

न्युक्यासल पछिल्लोपटक २००२/०३ को सिजनमा तेस्रो स्थानमा रहेर च्याम्पियन्स लिगमा स्थान बनाउन सफल भएको थियो । त्यसपछि अहिले पुनः च्याम्पियन्स लिगमा फर्किएको हो । 

सिजन सुरु हुनुअघि क्लबको लक्ष्य के थियो भनेर सोधिएको प्रश्नमा न्युक्यासलका प्रशिक्षक एडी होवेले भन्छन्, “पक्कै पनि शीर्ष चारको लक्ष्य थिएन । सधैँ आशा र सपना देख्नुपर्छ । तर, हामीले त्यसका लागि तयार छौं भन्ने महसुस गरेनौं । गत सिजन रेलिगेसनबाट जोगिन संघर्ष गर्नु परेको थियो । त्यसपछि टिम एकीकरण गरेर राम्रो बनाउन सक्छौं र रेलिगेशनमा संघर्ष गर्नु पर्दैन भन्ने थियो । खेलाडीहरूको त्यो मानसिकता तथा मनोवृत्तिको लागि पर्याप्त प्रशंसा गर्ने शब्द मसँग छैन ।’’

अक्टोबर २०२१ मा साउदी अरबको पब्लिक इन्भेष्टमेन्ट फण्डले बियाको सार्वजनिक लगानी कोषले न्यूक्यासलको ८० प्रतिशत सेयर किनेको थियो ।  त्यसपछि न्युक्यासलमा माइक एश्लेको १४ वर्षसम्मको बर्चश्व समाप्त भएको थियो । त्यसपछि क्लबले सुधार गरेको थियो । अंक तालिकामा १९औँ स्थानमा हुँदा न्युक्यासलले स्टिभ ब्रुसलाई बर्खास्त गरेर होवेलाई नियुक्त गरेको थियो । होवे नियुक्त भएपछि उनले टिमको पूर्नसंरचना गरेका थिए । 

रोचक बन्दै रेलिगेशन क्षेत्र
न्युक्यासलसँग बराबरी खेलेपछि लेस्टरले ३७ खेलबाट ३१ अंक जोडेको छ । जुन रेलिगेशन क्षेत्रभन्दा माथि रहेको एभर्टनभन्दा दुई अंकले पछाडि हो । पुछारमा रहेको साउथह्याम्पटन रेलिगेशनमा पर्ने पक्का भइसकेको छ । १९औँ स्थानमा रहेको लिड्स युनाइटेडको ३७ खेलबाट ३१ अंक छ । तर, गोलअन्तरमा लेस्टर माथि छ । 

लिगमा अन्तिम खेल बाँकी हुँदा लिड्स, लेस्टर र एभर्टनबीच रेलिगेशनबाट जोगिन प्रतिस्पर्धा हुनेछ । एभर्टनले घरेलु मैदानमा बर्नमाउथसँग प्रतिस्पर्धा गर्नेछ । एभर्टनले खेल जितेमा २०१६ को च्याम्पियन लेस्टर रेलिगेशन पर्ने पक्का छ । लेस्टरले अन्तिम खेल घरेलु मैदानमा वेष्टह्याम युनाइटेडविरुद्ध खेल्नेछ । लिड्सले पनि अन्तिम खेल घरेलु मैदानमा टोटनहमविरुद्ध खेल्नेछ । 

तीनै टिमलाई रेलिगेशनबाट जोगिन आफूले जितेरमात्र पुग्दैन । बाँकी दुई टिम पराजित हुनुपर्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  ०८:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro