site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देश बनिसकेको थियो, गठबन्धनले ध्वस्त पार्‍यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विश्वको तीव्र विकास गरेका १० मुलुकमा परिसकेको नेपाललाई आफ्नो सरकार ढालेर अलपत्र पारिएको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा उनले सरकारको नीति तथा कार्यक्रमले विगतका उपलब्धिलाई अघि नबढाएको भन्दै आक्रोश पोखे । उनले आफ्नो पालामा भइसकेको भनेर कामको फेहरिस्त समेत प्रस्तुत गरे ।

ओलीले गरेका दाबी यस्ता छन्–
१. एक अर्थिक वर्षमा १० किलोमिटर मात्रै कालोपत्रे गर्ने अभ्यास चलिरहेका बेला प्रतिदिन कम्तीमा पाँच किलोमिटर कालोपत्रे गर्ने, कम्तीमा पाँच किलोमिटरभन्दा बढी डबल लेन, फोरलेन र सिक्स लेनका सडकहरू कालोपत्रे गर्ने, त्यस दरले पक्की सडक निर्माण गर्ने हो । प्रतिदिन १२ किलोमिटर कालोपत्रे सडक निर्माण गर्ने ढंगले काम अघि बढेको थियो । अहिले त्यो प्रतिबद्धता, त्यो गति कता हरायो ?

Prabhu Bank
Agni Group
NIC Asia

२. पूर्वपश्चिम राजमार्गलाई चारदेखि छ लेन बनाउन प्रारम्भ गर्‍यौँ । मध्यपहाडी पुष्पलालमार्ग, मदन भण्डारी राजमार्ग, कोसी, गण्डकी, कर्णाली राजमार्गको पाँच वर्षमा निर्माण सम्पन्न गर्ने गरी तीव्र गतिमा अघि बढाएको थियौँ । अहिले ती कार्यक्रम अलपत्र अवस्थामा छन् ।

३. पूर्वपश्चिम विद्युतीय रेलमार्गका कतिपय खण्डका डीपीआर तयार पारी निर्माण प्रारम्भ गर्दै थियौँ । काठमाडौं–वीरगन्ज र रसुवागढी–काठमाडौं, पोखरा–लुम्बिनी रेलमार्गको निर्माणको तयारी हुँदै थियो । कता हराए यी कार्यक्रम ?

Global Ime bank

४. मुलुकले औद्योगीकरणको आधार तयार गर्दै थियो । धौवाजी फलाम खानीबाट फलामको परीक्षण उत्पादन गरिसकेका थियौँ । सिमरा गार्मेन्ट्स प्रशोधन केन्द्रको पूर्वाधार तयार गरेका थियौँ । बहुमूल्य पत्थर प्रशोधन उद्योग स्थापनाको तयारी गरिरहेको थियौँ ।

५. ७४ औद्योगिक ग्राम, ६ औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्र स्थापनाको पूर्वाधार तयार भइसकेका थिए ।

६. मित्रराष्ट्र चीनसँग सातवटा बन्दरगाह प्रयोग गर्न र मित्रराष्ट्र भारतसँग आन्तरिक जलमार्ग हुँदै पानीजहाज सञ्चालन गर्न सहमति जुटाई दुईपक्षीय तथा अन्तर्राष्ट्रिय व्यापारको ढोका खोलिएको थियो । कहाँ हराए ती कार्यक्रम ?

७. हुलाकी राजमार्गको निर्माण सुरु गर्‍यौँ र अघि बढायौँ । त्यो लगभग पूर्णताको अवस्थामा छ । निर्वाचन क्षेत्र रणनीतिक सडक र प्रदेश राजधानीसम्म वडा केन्द्र जोड्ने सडक जोड्ने अभियान थालेका थियौँ । अहिले नागढुंगा सुरुङमार्ग ‘ब्रेक थ्रु’को नजिक छ ।

८. मित्रराष्ट्र भारतको मोतिहारीदेखि अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइन १२ महिनामा सम्पन्न भएको थियो ।

९. भूकम्पले क्षतविच्छेद पारिएका संरचनाको पुनर्निर्माण उत्साहका साथ सम्पन्न भएको थियो ।

१०. धरहरा सानदार रूपमा उभिएको छ । अहिले अलपत्र पारिएको छ ।  देशलाई ठूलो घाटा बनाइएको छ । यो इतिहासँग पनि तपाईंहरूलाई शत्रुता किन भएको, मलाई अचम्म लाग्छ । धरहरा मैले बनाएको होइन, धरहरा भीमसेन थापाले निर्माण गरेको हो । इतिहासले बनाएको हो । अनि, त्यो धरहरासँग तपाईंहरूको दुस्मनी के ?

११. रानीपोखरी पहिलाभन्दा राम्रो देखिएको छ । 

१२. दरबार हाइस्कुलसहितका विद्यालयमा बालबाबालिकाले ढुक्कसँग पढ्न पाउने स्थिति बनेको छ ।

१३. सात लाख ५८ हजार ७९३ निजी आवास, छ हजार ५८५ विद्यालय, ७५१ स्वास्थ्य संस्था र ५८६ पुरातात्त्विक संस्थाको पुनर्निर्माण छोटो अवधिमा भएको हो ।

१४. जनता आवास कार्यक्रममार्फत १३ हजार ८५ परिवारलाई नयाँ आवास उपलब्ध गराएको ।

१५. फुस र खरको छानामुनिका सात लाख परिवारलाई जस्तापाताको छानासहित सुरक्षित घर उपलब्ध गराएको ।

१६. चक्रवातबाट प्रभावित बारा र पर्साका जनतालाई केही महिनामै ८६९ घर उपलब्ध गराएको, कतिका छाप्रा उडेका थिए, त्यहाँ पक्की घर उपलब्ध गराएको थियो ।

१७. जोखिमपूर्ण बस्तीलाई सुविधासम्पन्न एकीकृत बस्तीमा स्थानन्तरण गरेको ।

१८. हाम्रा बालबालिका खाते हुन सक्दैनन् भनेर सडक बालबालिका व्यवस्थापन गर्ने अभियान चलाइयो ।

१८. हाम्रा अभिभावक सहाराविहीन हुन सक्दैनन् भनेर सडक मानवमुक्त अभियान चलाएर बसोबासको बन्दोबस्त गरियो ।

१९. अपांग, अशक्त भएको व्यक्तिको मौलिक हकको व्यवस्थापन गर्ने काम गर्‍यो । यस्ता अनेकौँ काम तीन वर्षभित्र सम्पन्न भयो । यो दुई वर्षमा मलाई गाली गर्ने, नेकपा (एमाले)लाई गाली गर्ने, खेल खेल्नेबाहेक तपाईंहरूले के गर्नुभयो ?

२०. मेलाम्ची खानेपानी आयोजनाका बाँकी धेरै काम मेरो सरकारले सम्पन्न गर्‍यो । यदि, नेकपा (एमाले)को सरकार त्यस बेला नबनेको भए मेलाम्ची खानेपानी एउटा ड्रिमकै रूपमा रहन्थ्यो, रियालिटी हुन्छ कि हुँदैन भन्ने कुरा मान्छेहरूलाई विश्वास लाग्ने थिएन । मुहानमा बाढीले क्षति पुर्‍याएपछि चैतभित्र ल्याउने घोषणासहित एमाले लागेको थियो । तर, सरकार ढलेपछि अहिलेसम्म बनेन । हिउँदमा अलिकति आउँछ, पानी पर्न लागेपछि रोकिजान्छ ।

२१. सोही आयोजनाको दोस्रो चरणका काम पनि अघि बढाएका थियौँ ।

२२. कठिन अवस्थामा रहेका परिवारलाई खानेपानी निःशुल्क उपलब्ध गराउने अभियान सुरु गरेका थियौँ । खानेपानीको गुणस्तर सुधार गर्दै थियौँ ।

२३. ऊर्जा संकटबाट गुज्रेको देशलाई लोडसेडिङमुक्त गरेका थियौँ । विद्युत् तार भूमिगत बनाउने योजना अघि बढाएका थियौँ ।

२४. प्रतिव्यक्ति विद्युत् खपत ११० किलोवाटबाट प्रतिघण्टा २६० किलोवाट पुर्‍यायौँ । ३३३ मेगावाट थप विद्युत् उत्पादन गरी वितरणमा ल्यायौँ । विद्युत् निर्यात गर्नका लागि आवश्यक पूर्वाधार स्टेसन, सबस्टेसन र ट्रान्समिसनलाइनसहितका पूर्वाधार तयार पार्‍यौँ । गर्न खोज्यो भने छोटो अवधिमा थुप्रै काम गर्न सकिँदो रहेछ ।

२५. सिँचाइका लागि साना, मझौला, ठूला र नदी डाइभर्सन बहुउद्देश्यीय आयोजनामार्फत सबै कृषियोग्य जमिनमा ‘अल वेदर’ सिँचाइको सुविधा उपलब्ध गराउने योजना अघि बढाएका थियौँ ।

२६. तराईको एक लाख ८५ हजार जमिनमा सिँचाइ पुर्‍याउन, सुनकोसी–मरिन डाइभर्सनका लागि बहुउद्देश्यीय ढंगले काम बढाइएको थियो । सुनकोसीमा बाँध, टनेल, मरिनमा आवश्यक काम गर्ने योजना छिन्नभिन्न भएको छ ।

२७. त्रिभुवन विमानस्थलको धावनमार्ग पुनर्निमाण कार्य सम्पन्न गर्‍यौँ । काठमाडौंबाहिरका सातवटा विमानस्थलमा रात्रि उडान सेवा सुरु गर्‍यौँ ।

२८. पर्यटकको संख्या बढाउन र बसाइ लम्ब्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्‍यौँ ।

२९. डिजिलन नेपाल फ्रेमवर्क कार्यान्वयनमा ल्यायौँ ।

३०. शून्यको अवस्थाबाट ७७ जिल्लामा फोरजी सेवा विस्तार गर्‍यौँ ।

३१. देशभित्रै रोजगारी सिर्जना गर्दै थियौँ । १०० दिनको रोजगारी ग्यारेन्टी गरेका थियौँ ।

३२. योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्यायौँ, अहिले त्यो के हुँदै छ ?

३३. १०० दिनको रोजगारी ग्यारेन्टी गरेका थियौँ, अहिले के हुँदै छ ?

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १४:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement