काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकार बनाएको दुई महिना नपुग्दै मुटु प्रत्यारोपण गर्न लागेको बताएका छन् ।
उनले पुस १० गते एमालेको पहलकदमीमा विभिन्न दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले दुई महिना नपुग्दै मुटु प्रत्यारोपण गर्नतिर लागेको बताएका हुन् ।
उनले अहिले सरकारको मुटु प्रत्यारोपण भइसकेको भन्दै नीति तथा कार्यक्रममा समर्थन जनाउन आफूले नीति तथा कार्यक्रम सुनेको बताए ।
“दुई महिना पुग्दा नपुग्दै सरकारको मुटु प्रत्यारोपणतिर लाग्नुभयो । मुटु प्रत्यारोपण भइसकेको भए पनि नेतृत्व उहाँकै भएकाले नीति तथा कार्यक्रमको समर्थन गर्ने विशाल हृदयका साथ मैले नीति तथा कार्यक्रम नामक दस्तावेज सुनेँ र पढेँ,” ओलीले भने ।
उनले आफूले सरकारको गन्तव्य, उद्देश्य कस्ता छन् भनेर खोजेको बताए ।