site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जिरौडको ह्याट्रिकमा मिलानको सहज जित

काठमाडौं । ओलिभर जिरौडले ह्याट्रिक गरेको खेलमा एसी मिलानले शनिबार राति इटालियन सिरी ‘ए’मा साम्पडोरियामाथि ५–१ को विजय हासिल गरेको छ । मिलानले तीन खेलपछि गएराति विजयी नतिजा निकालेको हो ।

मिलान गत मंगलबार राति सहरी प्रतिद्वन्द्वी इन्टर मिलानसँग १–० तथा समग्रमा ३–० ले पराजित हुँदै च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको थियो । त्यसअघि, मिलान लिगमै पनि स्पेजियासँग २–० ले पराजित भएको थियो ।

“च्याम्पियन्स लिगबाट बाहिरिएपछि भोगेको निराशालाई हटाउनु थियो,” मिलानका प्रशिक्षक स्टेफानो पियोलीले भने, “हामीले राम्रो खेल्यौँ । धेरै गोल गर्यौँ । यसले हामीलाई आगामी खेलमा राम्रो गर्न मनोबल बढाएको छ ।”

गएराति मिलानले राफेल लियोको गोलबाट नवौँ मिनेटमा अग्रता लिएको थियो । २०औँ मिनेटमा साम्पडोरियाका फाबियो क्वाग्लिएरेलाले बराबरी गोल फर्काएका थिए । २३औँ मिनेटमा जिरौडको गोलबाट मिलानले पुनः अग्रता लियो । त्यसको ६ मिनेट नबित्दै जिरौडले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गरे । ६३औं मिनेट ब्राहिम डियाजले मिलानको अग्रता बढाए । ६८औँ मिनेटमा जिरौडले ह्याट्रिक पूरा गरे ।

जितसँगै मिलानले ३६ खेलबाट ६४ अंक जोडेको छ । जुन चौथो स्थानको लाजियोभन्दा एक अंकले पछाडि हो । तर, लाजियोले एक खेल कम खेलेको छ । मिलान छैटौँ स्थानको एटलान्टाभन्दा तीन अंकले अगाडि छ । पराजित साम्पडोरिया भने १८ अंकका साथ अंकतालिकाको पुछारमा छ ।

एटलान्टाले गएराति हेलास भेरोनालाई ३–१ ले हराएको थियो । इटालियन सिरी ‘ए’मा गएराति नै सम्पन्न अर्को खेलमा बोलोग्नाले क्रेमोनेसलाई ५–१ ले हरायो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  ०८:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro