site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
उपाधि विजेता बार्सिलोना पराजित
Sarbottam CementSarbottam Cement

काठमाडौं । मिकेल मेरिनो र अलेक्जेन्डर सोर्लोथको गोलमा रियाल सोसिडाडले शनिबार राति बार्सिलोनालाई २–१ ले हराएको छ । स्पेनिस ला लिगाको उपाधि पक्का गरिसकेको बार्सिलोना जारी सिजन घरेलु मैदानमा पराजित भएको यो पहिलोपटक हो । यससँगै घरेलु मैदानमा उपाधि जितेको उत्सव मनाउने बार्सिलोनाको योजना खल्लो बन्यो ।

२०१९ पछि उपाधि जितेका कारण क्याटलान क्लबका ८८ हजारभन्दा धेरै दर्शक क्याम्प नोउमा आएका थिए । खेलपछि खेलाडीले ट्रफी उचालेको हेर्न आतुर दर्शकका लागि क्लबको हारले केही निराश पनि बनायो ।

Prabhu Bank
Agni Group
NIC Asia

पाहुना टोली रियाल सोसिडाडले पाँचौँ मिनेटमा मेरिनोको गोलबाट अग्रता लिएको थियो । ७१औँ मिनेटमा सोर्लोथले रियाल सोसिडाडको अग्रता दोब्बर बनाए । इन्जुरी समयमा रोबर्ट लेवानडोवस्कीले गरेको गोल बार्सिलोनाका लागि सान्त्वना बन्यो ।

बार्सिलोनाले चार खेलअगावै लिग उपाधि जितिसकेको थियो । 

Global Ime bank

लिगमा अब तीन खेल बाँकी हुँदा रियाल सोसिडाड पनि चौथो स्थानमा उक्लन सफल भएको छ । रियाल सोसिडाडले जितसँगै ६५ अंक जोडेको छ । जुन पाँचौँ स्थानको भिल्लारियालभन्दा पाँच अंकले अगाडि हो । त्यस्तै, तेस्रो स्थानको एट्लेटिको मड्रिडभन्दा चार अंकले पछाडि हो । तर, एट्लेटिकोले एक खेल कम खेलेको छ ।

उपाधि विजेता बार्सिलोना दोस्रो स्थानको रियाल मड्रिडभन्दा १४ अंकले अगाडि छ । ३४ खेलबाट रियालले ७१ अंक जोडेको छ । तेस्रो स्थानमा रहेको एट्लेटिकोले ६९ अंक जोडेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  ०८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement