site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीको टिप्पणी : नीति तथा कार्यक्रम गन्तव्यहीन, समर्थन गर्न सकिँदैन
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम गन्तव्यहीन भएको भन्दै यसलाई समर्थन गर्न नसकिने बताएका छन् । 

शनिबार संसद् भवन नयाँबानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले सरकारको नीति तथा कार्यक्रममा बहुवर्षीय योजनालाई समेट्न नसकेको र आगामी दिशा समेत देखाउन नसकेको भन्दै यसलाई समर्थन गर्न नसकिने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

नीति तथा कार्यक्रममा समावेश विषयहरुलाई हेर्दा नजान्ने विद्यार्थीले चिट चोरेको जस्तो देखिएको उनले टिप्पणी गरे । उनले अहिले अर्थतन्त्र संकटतर्फ गइरहेको भन्दै सुधारका केही संकेतहरु पनि सन्तोषजनक नरहेको बताए । 

सरकारको कार्यक्रममा संकटमा परेको उद्योगधन्दालाई विकास गर्ने विषय नभएको, आत्मनिभर्रतातर्फ कुनै योजना नरहेको, मुलुकको आर्थिक नीति नै समावेश नगरिएको उनले बताए । मिठामिठा शब्दले नीति कार्यक्रम पूर्ण नहुने भन्दै उनले समाजप्रति गम्भीर नभई कार्यक्रम आएको उल्लेख गरे । 

Global Ime bank

उनले अहिले संघीयताप्रति गम्भीर प्रश्न उठेका बेला यसलाई सबलीकरण गर्ने विषय समावेश नभएको जिकिर गरे । अहिलको अवस्थामा खर्च घटाउने भने पनि कसरी घटाउने भन्ने विषय पनि कार्यक्रममा नभएको उनको भनाइ छ ।

उनले नीति तथा कार्यक्रमले अहिलेको आर्थिक, सामाजिक, राजनीतिक समस्या पहिल्याउन नसकेको भन्दै संसद्मा यसको विरोध गर्न सांसदहरुलाई निर्देशन दिए । उनले सरकारको कार्यक्रमलाई पास हुन दिन नहुने बताए । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  १७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement