site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतमा दुई हजारको नोट नचल्ने

काठमाडौं । भारतको केन्द्रीय बैंक (आरबीआई)ले दुई हजार दरको नोट नचल्ने घोषणा गरेको छ ।

शुक्रबार आरबीआईले ३० सेक्टेम्बरसम्म २०२३ सम्म मात्र नोट चल्ने घोषणा गरेको हो । सन् २०१६ मा नोटबन्दीपछि दुई हजारको नोट प्रचलनमा आएको थियो । 

एकपटकमा २० हजार दरको मात्र नोट साट्न सकिनेछ । आरबीआईले दुई हजार दरको थप नोट बैंकले ग्राहकलाई दिन नपाउने पनि उल्लेख गरेको छ ।

सन् २०१६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोटबन्दीको घोषणा गरेका थिए । नेपालमा रहेको नोट त्यो बेला साटिएको थिएन । 

अहिले दुई हजार दरको भारतीय नोट नेपालमा कारोबार गर्न प्रतिबन्ध छ । तर, सीमावर्ती क्षेत्रमा भने यसको प्रयोग हुने गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  २०:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro