site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
राष्ट्रपतिको सवारी शैली परिवर्तन– कार्यक्रम पुरानै सम्पादन नयाँ  
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका तर्फबाट आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम संघीय संसद्मा प्रस्तुत गरेका छन् । बिरामी राष्ट्रपति पौडेलले करिब दुई घण्टा लगाएर प्रस्तुत गरेका कार्यक्रममा पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको पाइएको छ ।

तर राष्ट्रपति शीतलनिवासबाट संसद् भवन जाँदा होस् या फर्किँदा विगतका वर्षमा जस्तै जनताले भने खासै सास्ती खेप्नु परेन । राष्ट्रपतिको सम्मानका लागि भनेर एकदिन विगतका वर्षमा जस्तै तामझाम गर्ने योजना भए पनि पौडेलले भने त्यसलाई अस्वीकार गरेको उनको सचिवालय स्रोतले जानकारी गराएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सामाजिक सञ्जालमा सर्वसाधारणको प्रतिक्रियाले नीति कार्यक्रमभन्दा पनि राष्ट्रपतिको सवारीमा बढी ध्यान केन्द्रित रहेको देखिन्थ्यो । तर नीति तथा कार्यक्रममा नयाँ घोषणा भन्दा पनि विगतका कार्यक्रमलाई बढीजसो निरन्तरता दिइएको छ ।

नीति तथा कार्यक्रममा घोषणा गरिएको कार्यक्रममा निजी उत्पादन विदेशीभन्दा २० प्रतिशत महंगो भएपनि निजीलाई प्राथमिकता दिने, ‘एक घर एक धारा’ लगायतका कार्यक्रम पुरानै हुन् ।  गतवर्ष तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरेजस्तो यो वर्ष त्यही कार्यक्रमको घोषणा रामचन्द्र पौडेलले गरे । 

Global Ime bank

अहिले अर्थतन्त्र मन्दीमा छ । सरकारको तथ्यांकले चालु आर्थिक वर्षको दुई त्रैमासमा आर्थिक वृद्धिदर ऋणात्मक भएको देखाएको छ ।  बजारमा उपभोग घटेको छ भने सहरमा व्यापार गर्न बनेका घरहरुमा सटरहरु खाली छन् । 

नीति कार्यक्रमले संकटमा परेको अर्थतन्त्रलाई उकास्ने नीति नै ल्याएको छैन ।  एक किसिमले भन्दा सरकारले नीति तथा कार्यक्रममा संकटमा परेको अर्थतन्त्रलाई बिर्सेको छ ।  नीति तथा कार्यक्रमको आधारमा बजेट ल्याउने मान्यता हो । 

सरकारको नीति तथा कार्यक्रमले अर्थतन्त्र उकासिने अपेक्षामा रहेका व्यवसायी र राहतको अपेक्षामा रहेका जनतालाई आशा जगाउने काम गरेको छैन ।  अर्थमन्त्री डा. प्रकाशरण महतले त्यसै पनि बजेट अगाडि नै बजेटबाट ठूलो अपेक्षा गर्न जरुरी नभएको बताएका छन् । 

उनले राहत दिने अर्थतन्त्रलाई उकास्ने जिम्मा आफूले बजेटमा नभएर राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिलाई छाडिएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १८:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय