site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एक सातामा तोलामा १६ सयले घट्यो सुनको मूल्य
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य यो सातामा तोलामा एक हजार ६०० रुपैयाँले घटेको छ ।

साताको पहिलो कारोबार दिन आइतबार छापावाल सुन तोलाको एक लाख १० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार यो सुन तोलाको एक लाख नौ हजार २०० रुपैयाँमा करोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बिहीबार सुन प्रतितोला एक लाख नौ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबारको तुलनामा सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो ।

महिनाको पहिलो दिन जेठ १ गते सुन तोलाको एक लाख १० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

Global Ime bank

गएको आइतबार तेजाबी सुन प्रतितोला एक लाख १० हजार २५० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला एक लाख आठ हजार ७०० रुपैयाँमा करोबार भएको महासंघले जनाएको छ ।

यस दिन चाँदी प्रतितोला एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  ११:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement