site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आँखा जुधाएकै भरमा क्यान्सरसम्म निको पारिदिने भ्रम, सरकार बेखबर (भिडियोसहित)
Ghorahi CementGhorahi Cement

काठमाडौं । बिहीवार दिउँसो साढे दुई बजे काठमाडौंको तारकेश्वर नगरपालिका – ७ स्थित सूर्य किरण टोलमा निकै चहलपहल थियो ।  चारपांग्रे, दुईपांग्रे सवारीसाधनको झन्डै पाँचसय मिटर लामो लाइन, अढाइ तले नीलो घरको वरिपरि खुट्टै नअट्ने भिड । 

नीलो घरको पहिलो तलाको रेलिङबाट निरन्तर एक महिला माइकिङ गरिरहेकी थिइन् – “लाइनमा बस्नुस् है...एकपटकमा तीसजना मात्रै छिर्नुस्, हतार नगर्नुस् सबैको पालो आउँछ ” यस्तै यस्तै ...। 

Agni Group

घरको अगाडि एउटा एम्बुलेन्स रोकिएको थियो, भित्र बोल्न नसक्ने अवस्थामा सुतिरहेकी एक महिला बिरामी ।  ठेलमठेल मानिसहरुको भिडमा नीलो घरको गेट खोलियो, दुईजना सुरक्षा गार्डसहित बाटो खालि गर्न केही मानिसहरु खटिए ।

simanta21684471051.jpg

Global Ime bank

केही मिनेट नबित्दै गेटबाट खैरो कमिजमा एक अधबैँसे पुरुष निस्किए, दाह्री पालेका रुद्राक्षधारी उनले एम्बुलेन्समा रहेकी बिरामीको टाउकोमा एकैछिन हात राखे । बिरामीका आफन्तलाई केही सोधे झैँ गरी आफन्तको टाउकोमा थपथपाउँदै गेटबाट भित्रिन खोजे । 

उनको पर्खाइमा रहेका सर्वसाधारण एकैपटक कराए – ‘जय शम्भोऽऽऽ गुरुको दर्शन पाइयो,’ हात हल्लाउँदै ती पुरुष भित्र छिरे कालो गेट ठप्प बन्द भयो । 

कुनै सिनेमाको किस्साजस्तो लाग्ने यी दृश्य, तारकेश्वर– ७ सूर्य किरण टोलस्थित पुतली अधिकारीको घरको हो । रुद्राक्षधारी यी व्यक्ति उनै ‘सीमान्त गुरु’ का नामले पछिल्लो समय सामाजिक सञ्जालमा देखिएका व्यक्ति हुन् ।  

‘सीमान्त गुरुले क्यान्सरसम्म पनि अनुहार हेरेर निको पार्नुहुन्छ,’ ‘उहाँले एकपटक तेल लगाइदिएपछि जस्तोसुकै रोग पनि चट हुन्छ,’ ‘भिडियो कलमा समेत उहाँसँग आँखा जुधाएर रोग निको हुन्छ’ यस्तै यस्तै भ्रममा विगत एक सातायता अधिकारी निवासमा ठूलो भिड जम्मा हुने गरेको छ । 

simanta31684471052.jpg

‘भित्र के के गर्नुभयो गुरुले ?’ बिहान आठ बजेदेखि सीमान्तलाई भेटेका गोरखाबाट आएका एक बिरामीलाई हामीले सोध्यौँ ? “के गर्नु त्यही तेल फुकेर दुखेको ढाडमा हातले थपथपाइदिनुभयो धेरैबेर बस्न नमिल्ने रहेछ एकैछिनमा निस्किहालेँ ।” 

‘भेटी कति राख्नुभयो त ?’ “पाँचसय रुपियाँ” भन्दै उनी आफ्नो बाटो लागे ।  ललितपुर गोदावरीका एक परिवार (गोपनीयताका लागि नाम उल्लेख नगरिएको) माइक्रो नै लिएर सीमान्तलाई भेट्न आएका रहेछन् । 

बीस वर्षीया छोरी दुई वर्षदेखि दुवै खुट्टा टेक्न नसक्ने अवस्थामा रहिछन्, लाखौँ खर्चिएर उपचार गर्दा पनि रोगको पहिचान नभएपछि झिनो आश लिएर त्यहाँ आइपुगेका रहेछन् । “उपचारमा यत्रो खर्च त भैसक्यो पाँचसय रुपैयाँ चढाइदिएँ,” – बिरामीका बाबुले भने । 

तेल लगाएको र आँखा जुधाएको भरमा कसलाई कस्तो रोग कतिसम्म निको भयो, कसैसँग प्रमाण छैन  तर अधिकारी निवासमा भिड बढेको एक साता भइसक्यो ।  महावरी सेक्युरिटी कम्पनीका दुईजना सुरक्षा गार्ड गेटमा तैनाथ छन् । गेटमै बलियो सुरक्षा व्यवस्था छ । 

simanta41684471053.jpg

दसजना स्वयंसेवक बिहान आठदेखि बेलुका आठ बजेसम्म खटाइएको छ, एकपटकमा तीस जनाभित्र छिराइन्छ ।  पाथीजस्तै देखिने भाँडोमा भरी तेल राखिएको छ, त्यसको माथि बत्ती, बिरामीलाई त्यही तेलमा हात चोपेर अनुहारमा हेर्दै थपथपाएर पठाउँछन् गुरु भनिएका ‘सीमान्त’ ।

दैनिक चारसय जनालाई नाम दर्ता गरेरै भेट गराइन्छ । एकजना बराबर तीनसयदेखि एक हजारसम्म भेटी राखेर फर्किन्छन् भेट्न पुग्नेहरु । 

को हुन् सीमान्त के हो विशेषज्ञता ?  

कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरमा २०८० वैशाख १९ गते एउटा कम्पनी दर्ता भएको छ, अलौकिक मनोवैज्ञानिक शास्त्री ज्योतिष प्रालिको नाममा ।  कार्यालयले राजेन्द्रबहादुर पाण्डे नामक व्यक्तिलाई कम्पनीको प्रमाणपत्र बुझाएको देखिन्छ । 

simanta71684471054.jpg

कम्पनीमा भरत भट्टराई, भरत केसी, राजेन्द्रबहादुर पाण्डे, बसन्तकुमार भट्ट, भीमकुमारी भण्डारी, अनु कुँवर र निर्मला गौतम गरी सातजनाको सञ्चालक समिति रहेको उल्लेख छ ।  विसं २०८० वैशाख २० गतेदेखि सञ्चालन हुनेगरी दर्ता नम्बर ३११८५२–७९–८० लिएर वैशाख २० गते सात नम्बर वडा कार्यालयमा कम्पनीका कागजात पेस गरिएको छ । 

वडा कार्यालयले दिएको व्यवसाय दर्ता अनुमतिमा नागरिकता नम्बरको स्थानमा कम्पनीको दर्ता नम्बर राखिए पनि जारी जिल्लाको स्थानमा कास्की लेखिएको छ । 

त्यस्तै व्यवसायको प्रकृतिमा ‘अलौकिक तरिकाबाट  बिरामीको उपचार गर्ने’ र कारोबार गर्ने वस्तु ‘फेस रिडिङ गरी उपचार गर्ने’ भन्ने उल्लेख छ, जुन नेपालमा अहिलेसम्म वैधानिकरुपमा प्रयोगमा आएको छैन भने कुनै पनि मान्यता प्राप्त प्रचलित उपचार पद्धतिमा समेत भेटिएको छैन । 

‘सीमान्त गुरु’ भनेर प्रचार गरिएका व्यक्तिलाई स्थानीयले ‘सीमान्त केसी’ भनेर चिनेका छन् । उनको वास्तविक नाम भने भरत भट्टराई हो जुन कम्पनीको सञ्चालक समितिमा रहेकै नाममध्येको एउटा हो ।

भरत भट्टराईको विशेषज्ञता के हो र कुन विधामा उनले औपचारिक शिक्षा वा दक्षताका आधारमा उपचार गरिरहेका छन् ? भनी समितिका सदस्य भरत केसीसँग हामीले सोध्यौँ । भरत केसीले भने – “उहाँ ‘फेस रिडर’ हो, ‘आइ कन्ट्याक’ गरेर हेर्नुहुन्छ, जे आउँछ त्यही भन्नुहुन्छ । उहाँमा अलौकिक शक्ति छ । उहाँको बुवा वनझाँक्री हुनुहुँदो रहेछ, सानैदेखि यस्तो शक्ति आएको रे ।” 

simanta61684471054.jpg

‘भट्टराईको ज्योतिषीय अध्ययनबारे के हो  त ?’ भन्ने प्रश्नमा केसीले भने “औपचारिक अध्ययन होइन ज्योतिषीय अध्ययन पनि होइन आफैँ प्राप्त भएको शक्ति हो, उहाँले वेद, पुराण बाइबल अध्ययन गर्नुभएको छ।” 

‘अलौकिक मनोविज्ञान’ भन्ने विषय ज्योतिषशास्त्रअन्तर्गत कहिँकतै पढाइ नहुने बताउँछन् नेपाल ज्योतिष परिषद्का अध्यक्ष माधवराज पाण्डे । 

“हामी ज्योतिष शास्त्रमा लोकमा भएका अस्तित्वमा रहेका कुराहरु पढ्छौँ उहाँ त लोकमै नभएको अभ्यास गर्नुहुँदो रहेछ, यो त नौलो कुरा भयो हाम्रो लागि, यस्तो अभ्यासलाई हामी चाहिँ मान्यता दिन सक्दैनौ” – पाण्डेले भने । 

यता वडा कार्यालयमा व्यवसाय दर्ता गर्दा ‘फेस रिडिङ गरी उपचार गर्ने’ भन्ने बेहोरा उल्लेख भएको बारे वडाका कर्मचारी नै जानकार नरहेको बताउँछन् ।  दर्ता प्रमाणपत्रमा उल्लेख भएअनुसारको काम नगरेको पाइए अनुसन्धान गरी दर्ता खारेज गरिने वडा सचिव हरिकृष्ण अर्याल बताउँछन् । 

simanta91684471055.jpg

“अहिलेसम्म कसैले पनि उजुरी लिएको आउनुभएको छैन, उनको काम वा व्यवसायका कारण कसैलाई हानि पुगेको उजुरी आए तुरुन्तै खारेज गर्ने अधिकार वडा कार्यालयलाई छ,” उनले भने ।  स्रोतले दिएको जानकारीअनुसार भरतको घर मोरङ पथरीको लामाटोली हो । पथरीको बुद्ध चोकमा फोटो स्टुडियोसमेत सञ्चालन गरेका उनी करिब २० वर्षयता भने काठमाडौंमै बस्दै आएका थिए । 

त्यतै काठमाडौंमा उनले आफूलाई म्यानपावर व्यवसायीको रुपमा चिनाउँथे ।  कोभिडकालमा गुमनाम रहेका भरत लकडाउनपछि भने  आफूलाई अलौकिक गुरु भन्दै एकाएक टिकटकमा देखिन थाले ।  त्यतिमात्रै होइन अनुहार हेरेर रोग निको पार्ने ‘फेस रिडर’ भन्दै विभिन्न जिल्ला चहार्न थाले । 

simanta81684471055.jpg

टिकटक र सामाजिक सञ्जालमा भ्रमपूर्ण भिडियोहरु पोस्ट गरेकै आधारमा उनलाई भेट्न आउनेको भिड बढ्यो ।  नामथर नै परिवर्तन गरी उनले जस्तोसुकै पुरानो र जटिल रोग पनि छोएकै र आँखा जुधाएकै भरमा निको पार्ने भ्रम फैलाउँदै गए ।  

झन्डै तीन महिनाअघि पोखरामा भएको एक शिविरमा प्रतिव्यक्ति एक हजार रुपैयाँ टिकट शुल्क लिएरै बिरामी भेट्न थालेपछि भरत प्रहरी निगरानीमा परेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १०:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC