site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ओलावालेको गोलमा मछिन्द्रले हार टार्‍यो, संकटासँग रोकियो मनाङ

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा साविक विजेता मछिन्द्र फुटबल क्लब रेलिगेसन क्षेत्रको फ्रेन्ड्स क्लबसँग बराबरीमा रोकिएको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रले फ्रेन्ड्ससँग २–२ को बराबरी खेल्दै अंक बाँडेको हो । दुईपटकको अग्रता जोगाउन नसक्दा फ्रेन्ड्स अंक बाँड्न बाध्य बन्यो ।

दशरथ रंगशालामा प्रकाश बुढाथोकीले ६८औँ मिनेटमा गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए । मछिन्द्रका आफिज ओलावालेले ७१औँ मिनेटमा गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए । तर, त्यसको तीन मिनेटपछि रफिक एमेनुले गोल गर्दै पुनः फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए । खेलको निर्धारित समय सकिन सात मिनेट बाँकी रहँदा ओलावालेले नै व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रको हार टारे ।

बराबरीमा रोकिएसँगै मछिन्द्रले शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडसँग अंक बराबरी गर्ने मौका गुमायो । १९ खेलबाट ३१ अंक जोडेको मछिन्द्र तालिकाको तेस्रो स्थानमा छ । जुन शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडभन्दा दुई अंक कम हो ।

समान खेलबाट २१ अंक जोडेको फ्रेन्ड्स तालिकाको १३औं स्थानमा छ । फ्रेन्ड्स रेलिगेसन क्षेत्रभन्दा माथि रहेको सशस्त्र प्रहरी बलको एपीएफ क्लबभन्दा दुई अंकले पछि छ ।

आजै च्यासल रंगशालामा सम्पन्न खेलमा मनाङ मर्स्याङ्दी क्लबले संकटा क्लबसँग २–२ को बराबरी खेल्दै अंक बाँड्यो । मनाङ पनि दुईपटकको अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य बनेको हो ।

खेलको १९औँ मिनेटमा कोफी कोउडोले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । तर, ४४औँ मिनेटमा युसेफ अट्रिसले गोल गर्दै संकटालाई खेलमा फर्काएका थिए । त्यसको अर्को मिनेटमा कोफीले दोस्रो गोल गर्दै मनाङलाई २–१ को अग्रतामा राखेका थिए । तर, ५२औँ मिनेटमा मनिष डाँगीले गोल गरेपछि संकटा पुनः खेलमा फर्कियो ।

बराबरीसँगै १९ खेलबाट २३ अंक जोडेको मनाङ तालिकाको सातौँ स्थानमा उक्लिएको छ । समान खेलबाट २२ अंक जोडेको संकटा तालिकाको आठौँ स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १७:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro