site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सूचना तथा सञ्चार प्रविधि विकास समितिको सभापतिमा वेगानी चयन
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको सूचना तथा संचार प्रविधि विकास समितिमा शक्तिकुमार वेगानी चयन भएका छन् । 
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको विधान बमोजिम वेगानीलाई उक्त समितिको सभापतिमा चयन गरेका हुन् । 

सूचना तथा प्रविधि क्षेत्रमा जानकार रहेका उनी मुलुकको प्रतिष्ठित व्यापारिक घराना भित्र पर्दछन । दुई पटक महासंघको कार्यकारिणी सदस्यमा निर्वाचित उनी श्री गणपति ज्वलेर्सका अध्यक्ष र वेगानी ग्रुपका प्रबन्ध निर्देशक रहेका छन् । उनी हाल एक दर्जनभन्दा बढी व्यावसायमा संम्लग्न छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“मेरो कार्यकालमा सूचना तथा संचार प्रविधिको उच्चतम प्रयोगमा ल्याइनेछ,” उनले भने, “यसको अधिकतम विकासका लागि मेरो समितिले अहम भूमिका खेल्नेछ ।” यसअघि महासंघको बैंक फाइनान्स तथा इन्सुरेन्स समितिको उपाध्यक्ष भएर उनले कार्यकाल पूरा गरिसकेका छन् । 

मनोनयको प्रमाणपत्र वितरण गर्दै महासंघका अध्यक्ष ढकालले अहिलेको अवस्थामा सूचना तथा संचार प्रविधि विकास समितिको सभापतिमा वेगानीको चयनसँगै सूचना प्रविधि क्षेत्रको अधिकतम प्रयोगसहित महासंघको छवि र प्रतिष्ठालाई अझ बढी सशक्त्त रुपमा अघि बढाउन सहयोग पुग्ने दाबी गरे ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  ०६:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय