site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हुवावे क्लाउडले ल्यायो साझेदारहरूका लागि नयाँ आर्कषक फ्रेमवर्क
Sarbottam CementSarbottam Cement

काठमाडौं । हुवावेले आफ्ना साझेदारहरूका लागि २०२३ को नयाँ क्लाउड पार्टनर प्याकेज सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै हुवावेले नयाँ क्लाउड पार्टनर प्याकेज सार्वजनिक गरेको हो ।

गो क्लाउड र ग्रो क्लाउड  फ्रेमवर्कले  पुनर्विक्रेता, वितरक, सेवा प्रदायक र हार्डवेयर साझेदारहरूलाई प्रोत्साहन र लगानीका अवसरहरूको दायरा फराकिलो पारेको बताएको छ ।

ह्वावेको ग्रो क्लाउड योजनामा स्टयान्डर्ड, एडभान्स, प्रिमियम र स्ट्र्याटेजिक गरी चारवटा प्याकेजहरू रहेको कम्पनीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रत्येक प्याकेजमा विभिन्न इन्सेनटिभहरू जस्तै त्रैमासिक र वार्षिक वृद्धि लाभहरू र हुवावेको एडभान्स्ड क्लाउड सर्भिसको बिक्रीमा विशेष लाभको योजनाहरू पनि ल्याएको कम्पनीको भनाइ छ ।

नयाँ  प्याकेजले मार्केटिङ डेभलपमेन्ट फण्ड,  हुवावे क्लाउड प्रयोग गरे वापत नगद कुपन र साझेदारका कर्मचारीहरूलाई बिक्री विस्तार गर्नका लागि प्रोत्साहन कार्यक्रमसहित पाँच थप फाइदाहरू पनि प्रदान गर्ने बताइएको छ ।

Global Ime bank

यस प्याकेजको प्रमुख प्राथमिकता साझेदारहरूको व्यवसायलाई सफल हुन आवश्यक उपकरण र स्रोतहरू उपलब्ध गराएर प्रोत्साहन गर्नु भएको कम्पनीको भनाइ छ ।

कार्यक्रमको मुख्य फाइदा मध्ये एक क्षमता विकास र प्रमाणीकरण भएको र यसले साझेदारहरूलाई  हुवावेले उपलब्ध गराएका निःशुल्क प्राविधिक कोर्सहरू र प्रमाणपत्रमार्फत आफ्नो सीप र विशेषज्ञता विकास गर्ने अवसर दिने हुवावेले बताएको छ ।

ह्वावेकोको गो क्लाउड सर्भिस नयाँ प्याकेजको अर्को महत्वपूर्ण पक्ष हो । यस  प्याकेजले क्लाउड रिसेल, कन्सल्टिङ, क्लाउड माइग्रेसन र कार्यान्वयन, एप्लिकेसन रि आर्किटेक्ट, क्लाउड नेटिभ डेभलपमेन्ट र व्यवस्थापन जस्ता सेवामार्फत व्यावसायिक क्लाउड सेवा निर्माण गर्न सेवा साझेदारहरूलाई सहयोग गर्ने बताइएको छ ।

यी कार्यक्रमहरूको प्रमुख उद्देश्य साझेदारहरूको व्यावसायिक क्षमताहरूको पहिचान र विकास गर्ने,  हुवावेको क्लाउडमा आधारित प्रयोगहरूको विकास गर्ने, सफ्टवेयर समाधानहरूलाई सुदृढीकरण गर्ने, अवस्थित डाटाहरूलाई हुवावे क्लाउडमा  स्थानान्तरण गर्ने र हुवावे क्लाउडसँग संयुक्त मार्केटिङ सञ्चालन गर्नु भएको कम्पनीले जनाएको छ ।

हुवावे क्लाउड साझेदार कार्यक्रम हुवावेका साझेदारहरूको लागि आफ्नो व्यवसाय विस्तार गर्न र आफ्नो सीप सुधार गर्ने उत्कृष्ट अवसर हुने कम्पनीको भनाइ छ ।

यस्ता विभिन्न योजनाहरु मार्फत  हुवावेले साझेदारहरूसँगको सम्बन्ध सुदृढ बनाउन र प्रविधिको पहुँच देशव्यापी रूपमा विस्तार गर्न प्रतिबद्ध रहने हुवावेले जनाएको छ ।

 हुवावेका डेभलपमेन्ट पार्टनर जितेन्द्रकुमार शर्माले सञ्चालन गरेको कार्यक्रममा नेपालका हुवावे क्लाउड पार्टनरहरू प्रिक्सा टेक्नोलोजी, जेनेस सोलुसन्स, क्लाउड वर्ल्ड सोलुसन्स, टेलिनेट र एडेक्सको सहभागिता रहेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC