site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
फ्रान्समा भ्रष्टाचारमा दोषी पूर्वराष्ट्रपतिलाई तीन वर्षको जेल सजाय
Sarbottam CementSarbottam Cement

पेरिस । भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्षको जेल सजाय सुनाइएको छ । फ्रान्सको एक पुनरावेदन अदालतले तल्लो अदालतले गरेको निर्णयलाई सदर गर्दै सार्कोजीलाई कारावासको सजाय सुनाएको हो ।

हतकडीसहित उनलाई अब एक वर्ष निजकै घरमा राखिनेछ । सार्वजनिक पदमा तीन वर्षसम्म प्रतिबन्ध लगाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पुनरावेदन अदालतको आदेश सुनेर बिनाकुनै टिप्पणी ६८ वर्षीय सार्कोजी न्यायालयबाट बाहिरिएका थिए । उनका वकिलहरूले पुनरावेदन अदालतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा अपिल गरिने बताएका छन् ।

सन् २००७ देखि २०१२ सम्म राष्ट्रपति रहेका सार्कोजी पदबाट बाहिरिनेबित्तिकै कानुनी झमेलामा फसेका थिए । २०२१ मार्चमा उनी र उनका वकिल थियरी हर्जोगले भ्रष्टाचारलगायत कानुनी अनुसन्धानबारे जानकारी प्राप्त गर्न न्यायाधीश गिल्बर्ट अजिबर्टसँग सम्झौताको प्रयास गरेपछि उनको भ्रष्ट नियत छताछुल्ल भएको थियो ।

Global Ime bank

दोस्रो विश्वयुद्धपछि जेल सजाय भोग्ने उनी यहाँका पहिलो पूर्वराष्ट्रपति भएका छन् । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १६:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय