site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
दुई महिनामा साढे १ खर्ब व्यापार घाटा
Sarbottam CementSarbottam Cement

काठमाडौं । चालू आर्थिक वर्ष २०७४÷०७५ को सुरुको दुई महिना (साउन र भदौ) मा मात्रै मुलुकलाई साढे १ खर्बको व्यापार घाटा भएको छ । यो दुई महिनामा नेपालमा विभिन्न मुलुकहरुबाट १ खर्ब ६२ अर्ब ९४ करोड रुपैयाँको आयात भएकोमा निर्यात भने १३ अर्ब ६० करोड रुपैयाँको मात्र भएको छ । 

मुलुकमा आयात भएको रकमबाट निर्यात घटाउदा चालु आर्थिक वर्षको पहिलो दुई महिनाको अबधिमा मात्रै १ खर्ब ४९ अर्ब ३४ करोड रुपैयाँ व्यापार घाटा भएको हो । सो अवधिमा मुलुकमा कुल १ खर्ब ७६ अर्ब ५५ करोड रुपैयाँकोे विभिन्न मुलुकहरुसँग नेपालको व्यापार भएको भन्सार विभागले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

विभागका अनुसार गएको आर्थिक वर्षको तुलनामा यस वर्ष व्यापार घाटा १० प्रतिशतले बढेको छ । गएको आबको सोहि अवधिमा उक्त घाट १ खर्ब ३६ अर्ब १२ करोड रुपैयाँ मात्रै थियो । त्यस्तै गएको आर्थिक वर्ष सुरुवातको दुई महिनाको अवधिमा मुलुकमा आयात र निर्यात क्रमशः १ खर्ब ४९ अर्ब २२ करोड र निर्यात १३ अर्ब १० करोड रुपैयाँ रहेको थियो ।

विभागले यो दुई महिनाको अवधिमा निर्यातभन्दा आयात १२ गुणा बढी रहेको बताएको छ । त्यस्तै सम्पूर्ण व्यापारमा आयातको हिस्सा ९२ प्रतिशत र निर्यातको हिस्सा ८ प्रतिशत मात्रै छ । गएको वर्षको तुलनामा चालु वर्षमा आयातको हिस्सा बढ्दै गएको छ भने निर्यातको हिस्सा घट्दैै गएको देखिन्छ ।

Global Ime bank

व्यापार भएका प्रमुख मुुलुकहरु मध्ये सबैभन्दा बढी भारतबाट आयात गरिएको छ । भारतबाट मात्रै चालु आर्थिक वर्षको पहिलो दुई महिनामा कुल आयात भएमध्ये ६५ प्रतिशत अर्थात् १ खर्ब ५ अर्ब २८ करोड रुपैयाँको आयात गरिएको देखिन्छ । चीनबाट १६ प्रतिशत अर्थात २५ अर्ब ८४ करोड रुपैयाँको आयात भएको छ । त्यस्तै  फ्रान्सबाट २ प्रतिशत, अर्जेन्टिनाबाट २ प्रतिशत र  अन्य देशहरुबाट १६ प्रतिशत आयात गरिएको विभागको तथ्याङ्कमा उल्लेख छ  । 

निर्यात पनि सबैभन्दा बढी भारतमा भएको छ । कुल निर्यातमध्ये ५४ प्रतिशत अर्थात ७ अर्ब ३३ करोड रुपैयाँको भारतमा निर्यात भएको हो । त्यसपछि १२ प्रतिशत अमेकिा, ६ प्रतिशत टर्की, ५ प्रतिशत बेलायत र २४ प्रतिशत अन्य देशहरुमा निर्यात भएको तथ्याङ्कमा देखिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २७, २०७४  १४:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय