site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल विश्वविद्यालय आवश्यक : मन्त्री राई, कांग्रेस सांसद भन्छन्– जहाँबाट आयाे त्यतै फर्काइदिउँ 

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल विश्वविद्यालय आवश्यक भएकाले नै नेपाल विश्वविद्यालय विधेयक ल्याइएको बताएका छन् । बुधबार राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा मन्त्री राईले नेपाल विश्वविद्यालय आवश्यक भएकाले नै सरकारले नेपाल विश्वविद्यालय विधेयक, २०७९ अगाडि बढाएको बताए । 

उनले सो विधेयक फिर्ता नहुने स्पष्ट पार्दै कसरी राम्रो विश्वविद्यालय सञ्चालन गर्न सकिन्छ भन्नेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए । मन्त्री राईले परम्परागत ढाँचामा चल्ने विश्वविद्यालयहरू मात्रै लिएर जानु उपयुक्त नहुने भन्दै नयाँ प्रयोग गरेर जानुपर्नेमा जोड दिए । उनले नेपाल विश्वविद्यालयलाई सार्वजनिक विश्वविद्यालयको रूपमा बनाउनुपर्ने बताए । 

बैठकमा नेकपा(माओवादी केन्द्र)का सांसद सुरेशकुमार आले मगरले विधेयकलाई अगाडि बढाउनुपर्ने बताए । विधेयक कसले ल्यायो भन्दा पनि कस्तो ल्यायो भन्ने कुरा महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले उपयुक्त भएको खण्डमा अगाडि बढ्नुपर्ने बताए ।

नेपाली कांग्रेसका सांसद  जितेन्द्रनारायण देवले नेपाल विश्वविद्यालय निर्माणमा सरकारको पनि संलग्नता आवश्यक रहेको बताए । निजी क्षेत्रले बनाउने भने पनि सरकारको सहयोग र संलग्नता आवश्यक रहेको उनको धारणा छ । उनले नेपाल विश्वविद्यालयको संगठनात्मक संरचना र पाठ्यक्रममा हस्तक्षेप गर्नु नहुने बताए । 

नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले नेपालमा धेरै विश्वविद्यालय आवश्यक नभएको बताए । उनले त्रिभुवन विश्वविद्यालयलाई राम्रो बनाउनुपर्ने बताए । सम्भव भए नेपाल विश्वविद्यालय विधेयकलाई जहाँबाट आएको हो उतै पठाइदिनुपर्ने उनको धारणा छ । उनले  शिक्षा ऐन ल्याउन मन्त्री राईलाई आग्रह गरे ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro