अर्थ व्यवसाय
काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भएको छ । मंगलबार तोलाको एक लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला एक लाख नौ हजार रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुन प्रतितोला एक लाख १० हजाार ५५० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी प्रतितोला एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८० १०:५६
प्रतिक्रिया दिनुहोस्