site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युक्रेनलाई एफ–१६ लडाकु विमान उपलब्ध गराउने बेलायत र नेदरल्यान्ड्सको प्रतिबद्धता
फाइल तस्बिर : रोयटर्स ।

काठमाडौं । बेलायतका प्रधानमन्त्री ऋषि सुनक र नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुट्टेले युक्रेनलाई अत्याधुनिक लडाकु विमान एफ–१६ उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

युक्रेनलाई लडाकु जेट उपलब्ध गराउने अन्तर्राष्ट्रिय गठबन्धन निर्माण गर्न सुनक र रुट्टे सहमत भएका हुन् ।

युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले लामो समयदेखि पश्चिमा राष्ट्रहरूसित लडाकु विमानको माग गर्दै आएका छन् ।

“प्रधानमन्त्री (सुनक) र प्रधानमन्त्री रुट्टेले युक्रेनलाई वायु लडाइँ क्षमता प्रदान गर्न अन्तर्राष्ट्रिय गठबन्धन बनाउन सहमति जनाएका छन् । त्यसका लागि तालिमदेखि एफ–१६ लडाकु विमान खरिद गर्ने कुरामा सहयोग हुने,” सुनकको डाउनिङ स्ट्रीट कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आइसल्यान्डमा भएको काउन्सिल अफ युरोप शिखर सम्मेलनको बैठकपछि मंगलबार यस्तो विज्ञप्ति जारी गरिएको हो ।

अमेरिकाद्वारा निर्मित एफ–१६ लडाकु विमान रुसी वायुसेनाविरुद्ध युक्रेनका लागि महत्त्वपूर्ण हुनसक्छ । तर, योसँगै शक्तिशाली मिसाइल र सटीक निसानाको जानकारी पनि जोडिन्छ । यसका लागि पश्चिमा राष्ट्रले थप सहायता प्रदान गर्नुपर्ने हुन्छ । त्यस्तो हुँदा रुसविरुद्धको युद्धमा पश्चिमा मुलुकहरूको संलग्नता झनै गम्भीर भने बन्नेछ ।

बेलायत र नेदरल्यान्ड्सले लडाकु विमान पठाउन खोजे पनि अमेरिकी राष्ट्रपति जो बाइडेनले गएको जनवरीमा यो कदम नचाल्ने बताएका थिए । अलजजिराबाट ।

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १०:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro