site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सरकारले निजी क्षेत्रमैत्री नीति लिए मात्रै आर्थिक समृद्धि हुन्छ : स्वर्णिम वाग्ले
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रमैत्री बन्नुपर्ने बताएका छन् । मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको स्वदेशी समिट कार्यक्रममा वाग्लले सरकारले निजी क्षेत्रमैत्री नीति लिए मात्रै देशको आर्थिक समृद्धि हुने बताएका हुन् ।

उनले निजी क्षेत्र संलग्न नहुने क्षेत्रमा राज्यले लगानी गर्ने सरल सिद्धान्तबाट सरकार जानुपर्ने बताए । निजी क्षेत्र पखेटा फिँजाएर उड्नका लागि आवश्यक नीतिगत बाटो पहिल्याउन आवश्यक रहेको उनको भनाइ छ । 

Prabhu Bank
Agni Group
NIC Asia

वाग्लेले निजी क्षेत्रले सिर्जना गरेको रोजगारी, सरकारलाई तिरेको करबाट राज्यको ढुकुटी समृद्ध भएमात्रै कल्याणकारी राज्य धान्ने बताए । अब मुलुकका युवाहरूलाई उद्यमशीलमार्फत देश निर्माणमा लगाउनुपर्ने उनले बताए ।

उनले अबको १५ वर्षको मुलुकको अर्थतन्त्रको स्वरूप कस्तो बनाउने भन्ने अहिले नै यकिन हुनुपर्ने पनि बताए ।

Global Ime bank

"निजी क्षेत्रमैत्री नेपाल सरकार बन्नुपर्छ । निजी क्षेत्रलाई सम्भावनाका अनुरूप केके गर्नुपर्छ त्यसमा बहस गरौँ," उनले भने ।

छिमेकी मुलुकहरूले आर्थिक रूपमा धेरै फड्को मारेको भन्दै उनले विदेशी लगानी भित्रने वातावरण बनाउन आवश्यक रहेको पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १५:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय