site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सिराहा कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी
Sarbottam CementSarbottam Cement

सिरहा । सदरमुकाम सिराहामा रहेको क्षमताभन्दा तीन गुणा धेरै कैदीबन्दी राखिएको पाइएको छ ।

सिराहा कारागारका निमित्त प्रमुख राजगिर साहका अनुसार आइतबार अपराह्नसम्म सिराहा कारागारमा दुई आश्रित बालबालिका, २६ महिला र ४८० जना पुरुष कैदी थुनुवा गरी कुल ५०८ जना राखिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार कारागारमा २५१ पुरुष र १५ महिला कैदी तथा २२९ पुरुष र ११ महिला थुनुवा र दुई आश्रित बालबालिका छन् ।

विसं २०२८ मा स्थापित सिराहा कारागारमा १५ महिला र १३५ पुरुष गरी कुल १५० जना कैदीबन्दी बस्ने क्षमता भए पनि तीन गुणाभन्दा पनि बढी कैदी र थुनुवा राखिएपछि तीन–तीनजनासँग मिलेर सुत्नुपर्ने बाध्यता रहेको कैदी बन्दीले गुनासो गरेका छन् ।

Global Ime bank

क्षमताभन्दा बढी बन्दी रहदा शौचालय, खानेपानीलगायतका समस्या रहेको पनि उनीहरूले गुनासो गरेका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  २३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय