site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काभ्रेबाट उच्च रक्तचाप नियन्त्रण राष्ट्रिय अभियान

काभ्रेपलाञ्चोक । सरकारले यस वर्षको विश्व उच्च रक्तचाप दिवसको राष्ट्रिय कार्यक्रम काभ्रेको धुलिखेललमा गर्ने भएको छ । राष्ट्रियस्तरको उक्त कार्यक्रम आयोजना गरिने भएकाले वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालय र जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले सरोकारवाला पक्षसँग तयारी बैठक सकेको छ ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमको अध्यक्षतामा बसेको बैठकले भोलि (बुधबार) धुलिखेल अस्पतालमा विश्व रक्तचाप दिवसको राष्ट्रिय कार्यक्रम हलमा गर्ने निर्णय गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का नेपालस्थित प्रतिनिधि सहभागी बैठकमा संगठनले नमूनाका लागि देशमै पहिलोपटक काभ्रेबाट उच्च रक्तचाप नियन्त्रणका लागि राष्ट्रिय अभियान सुरु गर्न लागिएको जानकारी गराइयो ।

प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काका अनुसार डब्लूएचओको अग्रसरतामा थालिने अभियान सम्बन्धीत जिल्लाका स्थानीय सरकारले निरन्तरताको जिम्मेवारी लिनुपर्ने छ । “डब्लूएचओले यहाँबाट अभियान सुरु गर्नेछ, यसलाई निरन्तरता दिने जिम्मेवारी सबै जिल्लाका स्थानीय तहको हुनेछ”, उनले भने । बैठकमा डब्लूएचओको नेपाल प्रतिनिधि डा. रइस पोखरेल, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रामेश्वर श्रेष्ठ, काभ्रेका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, जिल्लास्थित स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष एवं प्रतिनिधि तथा स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधि सहभागी थिए । 

यसैबीच, स्वास्थ्य कार्यालयका प्रमुख डा. पुरुषोत्तम सेढाईँले काभ्रेको कुल जनसङ्ख्याको ३० हजार बढी नागरिकमा ‘हाइपर टेन्सन’ समस्या रहेको जानकारी दिए । उनका अनुसार हाल जिल्लामा १८ वर्षमाथिका ५१ हजार २८१ जनामा उच्च रक्तचापको समस्या छ । यसमध्ये सबैभन्दा बढी बनेपा नगरपालिकामा नौ हजार चार सय ८२ उच्च रक्तचापका बिरामी छन् । वार्षिक २० प्रतिशतमात्रै समाधान गर्दै जान सकिए अभियान उपलब्धिमूलक बन्ने सेढाईँको भनाइ छ ।

निर्देशक श्रेष्ठका अनुसार काभ्रेमा उच्च रक्तचाप नियन्त्रण अभियान सञ्चालन गर्न आवश्यक औषधिको व्यवस्था गरिसकिएको छ । “अवस्था हेरी तीनथरिका औषधि निःशुल्क वितरण हुने छ, औषधि वा खानपानमा ध्यान दिई रक्तचाप जीवनभर सन्तुलित राख्नुपर्छ”, श्रेष्ठले भने । 

जिल्लामा तेमाल गाउँपालिकाले उच्च रक्तचापको ‘स्क्रिनिङ’ गरिसकेको छ भने नमोबुद्ध नगरले उच्च रक्तचापका बिरामीलाई हाल निःशुल्क औषधि वितरण गर्दै आइरहेको छ । बुधबार अभियानको सुरुआत भएसँगै जिल्लाको १३ स्थानीय तहमा उच्च रक्तचाप नियन्त्रणका कार्यक्रम सञ्चालन हुनेछन् । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  ०८:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro