site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोसीमा सबै दलले नेतृत्व पाउने गरी विपक्षीविहीन १३/१३ महिना सरकार चलाउने तयारी
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

विराटनगर । कोसी प्रदेशमा विपक्षीविहीन सरकार गठनको कसरत सुरु गरिएको छ । यसका लागि नेपाली कांग्रेसले पहल थालेको छ ।

मध्यावधि निर्वाचनमा जानुको सट्टा सबै दल सम्मिलित सरकार गठन गर्नु उपयुक्त हुने मुख्यमन्त्री हिक्मत कार्कीले बताइसकेका छन् । सोही आह्वानलाई बल पुग्ने गरी कांग्रेसको केन्द्रीय नेतृत्व तहबाटै विपक्षीबिनाको सरकार गठनको कसरत थालिएको हो ।

विपक्षीविहीन १३/१३ महिना नेतृत्व गर्ने गरी सरकार गठनको जमर्को गरिएको हो । त्यस्तो सरकार गठन गर्न यहाँ ‘कि फ्याक्टर’ मानिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग छलफल गर्ने जिम्मेवारी कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पाएका छन् । यसबारे कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एक चरण छलफल गरिसकेका छन् । स्रोतका अनुसार छलफलका क्रममा प्रधानमन्त्रीले ‘राप्रपाले के गर्ला ?’ भनेर जिज्ञासा राखेका थिए ।

Agni Group

प्रदेशसभामा तत्काल कायममध्ये विपक्षी गठबन्धनसँग ठ्याक्कै बहुमत पुग्ने गरी ४७ सदस्य छन् । नेकपा (माओवादी केन्द्र)का बाबुराम गौतम सभामुख छन् । अर्को सरकार गठन कसरी सुरु गर्ने र गौतमले मत हाल्न मिल्ने/नमिल्ने भन्ने विषयमा दलहरू द्विविधामा छन् । यस्तो अवस्थामा ६ सिटको राप्रपा गठबन्धनमा सामेल हुँदा बलियो सरकार गठन हुनसक्छ ।

अहिले नेकपा (एमाले) नेतृत्वको सरकारलाई माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टी (जसपा)को समर्थन छ । केन्द्रमा माओवादी केन्द्र र जसपा अर्को अर्थात् कांग्रेससहितको गठबन्धनमा आबद्ध छन् । तर, कोसी प्रदेशमा एमालेलाई सघाइरहेका छन् ।

Global Ime bank

मुख्यमन्त्री कार्कीले आफ्नो १०० दिने उपलब्धि सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा यहाँ स्पष्ट बहुमत जुटाउन कठिन हुने र अस्थिर सरकारको खतरा रहेको बताएका थिए । मध्यावधि निर्वाचन टार्नका लागि भन्दै त्यति बेला उनले सर्वदलीय सरकार गठनको प्रस्ताव गरेका थिए । “मध्यावधि रोक्न पनि सबै दल सहभागी सरकार गठन गर्न म दलहरूलाई आह्वान गर्न चाहन्छु,” उनले भनेका थिए ।

उनको आह्वानलाई नै बल पुग्ने गरी कांग्रेसको केन्द्रीय तहबाटै थालिएको कदमस्वरूप महामन्त्री शर्माले अनौपचारिक कुराकानी सुरु गरेको बताइएको छ । शर्माले कोसीमा सबै दललाई १३/१३ महिना नेतृत्व भागमा पर्ने गरी सरकार गठन गर्न सकिने विषयमा छलफल थालेका हुन् ।

कांग्रेस कोसी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले आफूहरू काठमाडौं पुगेर सरकार गठनको सम्भावित बाटो र तयारीका विषयमा प्रधानमन्त्रीदेखि केन्द्रीयस्तरका नेताहरूलाई जानकारी गराइसकेको बताए ।

“अनौपचारिकभन्दा पनि अब औपचारिक रूपमा छलफल भई कि प्रतिपक्षमा बस्नुपर्‍यो कि त माओवादी र जसपालाई सरकारबाट समर्थन फिर्ता लिन लगाउनुपर्‍यो भनेर हामीले भनिसकेका छौँ,” उनले भने, “गठबन्धन भनेर केन्द्रमा सरकारमा बस्ने, यहाँचाहिँ एमालेसँग मिलेर दोहोरो चरित्र देखाउन मिल्छ ?”

समर्थन फिर्ता लिपछि सरकार ढल्ने र त्यसपछि नयाँ प्रक्रियाबाट छलफल सुरु हुने उनले बताए ।

कांग्रेस संसदीय दलका प्रतिनिधिले यसअघि प्रधानमन्त्री प्रचण्डसँग गरेको छलफलमा राप्रपासँग कुराकानी गर्न आग्रह गरेको उनले बताए ।

“राप्रपासँग छलफल गर्ने जिम्मेवारी कांग्रेस महामन्त्री विश्वप्रकाशले लिनुभएको हो,” उपनेता कार्कीले भने, “हामीले उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र पार्टी सभापति शेरबहादुर देउवालाई पनि गठबन्धनसँग बहुमत ४७ सिट रहेकोले अप्ठेरो नहुने भनेका छौँ ।”

एमाले नेतृत्वको सरकार ढलेपछि मात्र बनाउने विषय सुरु हुने र सभामुख गौतमले मत हाल्न पाउने/नपाउनेबारे त्यसपछि छलफल हुने उनको भनाइ छ ।

सरकार गठन हुने अवस्था आउँदै नआए मध्यावधि निर्वाचन गर्दा समेत फरक नपर्ने आफूहरूको मत रहेको उनी बताउँछन् । “सरकार नै गठन हुन नसक्ने र लामो समय टिक्न नसक्ने अवस्था भयो भने मध्यावधि निर्वाचनमा जाँदा के फरक फर्छ र ?,” कार्कीले प्रश्न गरे ।

सर्वदलीय सरकार बनाउँदा कोसी प्रदेश विपक्षीविहीन बन्नेतर्फ आफूहरू सतर्क रहेको कांग्रेसका सांसद एवं पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले बताए । “लोकतन्त्रमा विपक्षीविहीन सरकारको कल्पना गर्न सकिन्छ र ?,” उनले भने, “गठबन्धनकै सरकार बन्नुपर्छ भन्ने हाम्रो स्पष्ट अडान हो । पहिले सरकारलाई दिएको समर्थन फिर्ता हुनुपर्छ ।”

भागबन्डा गरेर १३/१३ महिना चलाउन खोजिए अहिलेको एमाले सरकार टिकिरहनेछ । कांग्रेस, राप्रपा र माओवादी केन्द्रले पनि सरकारको नेतृत्व गर्ने अवसर पाउनेछन् ।

समर्थन फिर्ता लिने विषयमा परिस्थितिले निर्धारण गर्ने माओवादी केन्द्रले जनाउँदै आएको छ । कोसी प्रदेशसभामा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नहुने यसअघिदेखि नै बताउँदै आएका छन् ।

उता, राप्रपाबाट सरकारमा सामेल मन्त्री भक्तिप्रसाद सिटौलालाई फिर्ता बोलाउन पाटीभित्रै चर्को दबाब छ । त्यसबारे छलफल गर्न केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा कार्यदल समेत बनाइएको छ । कार्यदलले छलफल गरी यस विषयमा निर्णय गर्न बाँकी रहेको राप्रपा कोसी प्रदेश अध्यक्ष राम थापाले बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १३:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC