site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
जाभी भन्छन्– ला लिगा जित्नु भव्य अनुभव
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि जितेपछि बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले प्रशिक्षकको रुपमा घरेलु लिगको उपाधि जित्नु ‘भव्य भावना’ भएको बताएका छन् ।

स्पेनिस क्लब बार्सिलोनाबाटै व्यावसायिक फुटबल करियरमा प्रभाव जमाएका जाभीले खेलाडीको रुपमा आठपटक ला लिगाको उपाधि जितेको थिए । र, सन् २०२१ मा बार्सिलोनाको प्रशिक्षकमा नियुक्त भएका जाभीले क्लबलाई चार वर्षको ला लिगाविहीन यात्रालाई टुग्याँउदै आइतबार क्याटालन क्लबलाई स्पेनको च्याम्पियन बनाएका थिए ।

आइतबार स्पान्योलविरुद्ध ४–२ को जित निकालेपछि बार्सिलोनाले क्लबको इतिहासमा २७औँ पटक ला लिगाको उपाधि चुम्यो । योसँग बार्सिलोनाले चार वर्षयताको ला लिगाको उपाधिविहीन यात्रामा पनि पूर्णविराम लगायो । 

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि, बार्सिलोनाले पछिल्लोपटक सन् २०१८–२०१९ को सिजन ला लिगाको उपाधि जितेको थियो । त्यसबेला बार्सिलोनासँग लियोनल मेसी र लुइस स्वारेजजस्ता स्टार फरवार्ड लाइनमा थिए । क्लबले आर्थिक संकटको सामना गरेपछि यी दुवै खेलाडीले क्लब छाड्दा क्लबको प्रदर्शन पनि खस्किएको थियो ।

तर, रोनाल्ड कोम्यानको स्थानमा क्लबको प्रशिक्षण जिम्मेवारी पाएका जाभीले जिम्मेवारी पाएको दुई वर्षभन्दा पनि कमको समयमा क्लबलाई ला लिगाको उपाधि दिलाए ।

Global Ime bank

“१० महिनाभन्दा लामो मेहनत र त्यागपछि हामीले एक सानदार अनुभव महसुस गर्न भएका छौँ । यो एक साधारण उपलब्धि बनेको छ,” जाभीले भने, “क्लब र समर्थकका लागि यो उपाधि जित्नु हाम्रो परियोजनाको स्थिरताका लागि महत्वपूर्ण थियो । अब हामीले यो यात्रालाई जारी राख्न आवश्यक छ ।”

“यो लिगको उपाधिले हामी सही गरिरहेका छौँ भन्ने देखाउछ । यसले हामीलाई स्थिरता दिन्छ । तर, युरोपियन प्रतियोगितामा हामीसँग अझै समाप्त भइनसकेको कार्य बाँकी छ ।”

बार्सिलोना युरोपियन च्याम्पियन्स लिगमा पछिल्लो तीन सिजन अन्तिम १६ सम्म पनि प्रवेश गर्न सकेको छैन । सन् २००५ देखि २०१९ सम्म उत्कृष्ट प्रदर्शन गरेको बार्सिलोनाले यस अवधिमा चार च्याम्पियन्स लिग र १० स्पेनिस ला लिगाको उपाधि जितेको थियो । 

तर, सन् २०१४–१५ मा च्याम्पियन्स लिगको उपाधि जितेयता बार्सिलोना एकपटक मात्र प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement