अर्थ व्यवसाय
काठमाडौं । स्थानीय बजारमा जेठ महिनाको पहिलो कारोबार दिन सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर कारोबार भएको हो ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँमा कारोबार भएको छ । आइतबार उक्त सुन प्रतितोला एक लाख १० हजार ८०० रुपैयाँमा करोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला एक लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको छ ।
सोमबार चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी लगातार तीन दिनदेखि यही मूल्यमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १, २०८० ११:१०
प्रतिक्रिया दिनुहोस्