site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बार्सिलोनाले जित्यो २७औँ ला लिगाको उपाधि
Sarbottam CementSarbottam Cement

काठमाडौं । रोबर्ट लेवानडोवस्कीको दुई गोलप्रेरित बार्सिलोनाले आइतबार राति इस्पानियोललाई ४–२ ले हराएको छ । जितसँगै बार्सिलोनाले २७औँ स्पेनिस ला लिगाको उपाधि जितेको छ । बार्सिलोनाले चार खेल अगावै उपाधि जितेको हो । 

बार्सिलोनाको सफल इतिहासमा आकर्षक आक्रमक फुटबल ब्रान्ड जोडिन्छ । तर, जारी सिजन बार्सिलोना फरक शैली अपनाएको छ । मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले परम्परागत शैलीलाई अलग राख्दै बलियो रक्षापंक्तिमा ध्यान केन्द्रित गरेका थिए । जाभीले अपनाएको शैलीमा उनी आफैँले सहज महसुस गरेको नहुन सक्छ । किनकी जाभी आफैँले पनि बार्सिलोना र स्पेनबाट ठूला उपाधि जित्दा आक्रमक मिडफिल्डको भूमिकामा हुन्थे । उनी आक्रमक फुटबलको प्रतीक थिए । २०२१ नाभेम्बरमा बार्सिलोनाको मुख्य प्रशिक्षक नियुक्त हुँदा पनि जाभीले क्लबको शैली ‘अपरिवर्तनीय’ भएको बताएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

“हामीले कुनै पनि खेल शैलीलाई धोका दिएका छैनौं,’’ बार्सिलोनाका प्रशिक्षक जाभीले गत मार्चमा रियालविरुद्ध १–० को विजय हासिल गरेपछि भनेका थिए । रियालको घरेलु मैदान सान्टियागो बेर्नाबेउमा उत्कृष्ट रक्षात्मक प्रदर्शन गर्दै १–० को विजय हासिल गरेको थियो । जाभी थप्छन्, “बल पोसेसन नहुँदा म सन्तुष्ट छैन । कहिलेकाहीँ प्रतिद्वन्द्वी र परिस्थितिले तपाईंलाई त्यहाँ लैजान्छ । तर, रक्षापंक्ति पनि खेलको हिस्सा हो ।’’

जारी सिजन बार्सिलोनाले ३४ मध्ये २७ खेल जितेको छ । त्यसमा बार्सिलोनाले ६४ गोल गरेको छ भने १३ गोलमात्र खाएको छ । जुन युरोपकै शीर्ष पाँच लिगमा सबैभन्दा राम्रो नतिजा हो । बार्सिलोनाले घरेलु मैदानमा त अझ दुई गोलमात्र खाएको छ । त्यसमध्ये एक आत्मघाती र अर्को पेनाल्टीमा गोलमा खाएको हो । 

Global Ime bank

बार्सिलोनाको रक्षापंक्ति बलियो हुनुमा गोलकिपर मार्क आन्द्रे टेर–स्टेगन र रक्षकद्वय रोनाल्ड अराउजो र जुलेस कौन्डेको भुमिका मुख्य रह्यो । बार्सिलोनाले २०१८/१९ सिजनपछि पहिलोपटक उपाधि जितेको हो । त्यतिबेला बार्सिलोनाको अग्रपंक्तिमा लियोनल मेसी र लुइस स्वारेज थिए । यसपटक भने जाभीले लेवानडोवस्कीलाई प्रयोग गरेका थिए । त्यस्तै औसमाने डेम्बेले लयमा फर्किएका थिए भने विंगर कौन्डे र राफिन्हाको भूमिका पनि महत्त्वपूर्ण रह्यो । त्यस्तै मिडफिल्डमा पेड्री र गाभीको भूमिका रह्यो । कप्तान सर्जियो बुस्केट र जोर्डी अल्बाको अनुभवले बार्सिलोनालाई अझ बलियो बनायो । 

गएराति पनि स्पानियोलको घरेलु मैदानमा लेवानडोवस्कीको गोलबाट ११औँ मिनेटमा अग्रता लिएको थियो । २०औँ मिनेटमा एलेक्स बाल्डेले अग्रता दोब्बर बनाए । ४०औँ मिनेटमा लेवानडोवस्कीले व्यक्तिगत दोस्रो गोल थपे । ५३औँ मिनेटमा कौन्डेले चौथो गोल गरे । 

७३औं मिनेटमा जाभियर पाउडो र इन्जुरी समयमा जोसेलुले गरेको गोलबाट स्पानियोलले पुनरागमनको प्रयास गरे पनि धेरै ढिला भइसकेको थियो । 

जितपछि बार्सिलोनाले ३४ खेलबाट ८५ अंक जोडेको छ । जुन दोस्रो स्थानको रियाल मड्रिडभन्दा १४ अंकले अगाडि हो । लिगमा अब १२ अंकको खेलमात्र बाँकी छ । त्यसकारण बार्सिलोनाले चार खेल अगावै लिग उपाधि पक्का गरेको हो । पराजित स्पानियोल भने ३१ अंकका साथ रेलिगेशन क्षेत्रमा छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  ०९:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement