बाह्रखरी फोटो
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई निलम्बन गर्न नेविसंघले आइतबार काठमाडौंको घण्टाघर क्षेत्रमा फरक शैलीमा दबाब दिएको छ ।
कैदीको भेषमा ‘न नेता न नाता दोषीलाई कठघरा’ भन्दै नेविसंघ त्रिचन्द्र क्याम्पस एकाइका विद्यार्थीहरू दबाबस्वरुप प्रदर्शनमा उत्रिएका हुन् । पार्टी पदाधिकारीले पूर्वगृहमन्त्री समेत रहेका केन्द्रीय सदस्य खाँणलाई निलम्बनका लागि दबाब दिँदा ‘पक्राउ पर्दैमा अपराधी भन्न नमिल्ने’ जवाफ दिएका सभापति शेरबहादुर देउवामाथि भातृसंगठनले दबाब दिएको हो । प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्ताले भ्रष्टाचारविरोधी प्लेकार्ड बोकेका थिए ।
तस्बिरहरू हेर्नोस्–
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८० १४:१०
प्रतिक्रिया दिनुहोस्