site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
इटालियन सिरी ‘ए’ : इन्टरको जितमा लुकाकुको दुई गोल

काठमाडौं । रोमेलु लुकाकुको दुई गोलप्रेरित इन्टर मिलानले शनिबार राति इटालियन सिरी ‘ए’मा सासउलोमाथि ४–२ को विजय हासिल गरेको छ । जितसँगै इन्टर मिलान लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

गएको बुधबार राति च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा सहरी प्रतिद्वन्द्वी एसी मिलानलाई २–० ले पराजित गरेको इन्टरले घरेलु मैदानमा लुकाकुको गोलबाट ४१औँ मिनेटमा अग्रता लिएको थियो । त्यसअघि, पाहुना टोली सासउलोका डोमेनिको बारार्डीले गरेको गोललाई भिडियो सहायक रेफ्रीले अफसाइड घोषित गरिदिएको थियो ।

Dabur Nepal
NIC Asia

५५औँ मिनेटमा रुवान ट्रेसोल्डीले गरेको आत्मघाती गोलमा इन्टरले अग्रता दोब्बर बनाएको थियो । ५८औँ मिनेटमा लाउटारो मार्टिनेजले तेस्रो गोल थपे । ६३औँ मिनेटमा म्याथ्युज हेनरिकले गरेको गोलबाट सासउलोले पुनरागमनको प्रयास गर्‍यो ।

७७औँ मिनेटमा सासउलोका डेमिड फ्रेस्टेसीले अर्को गोल थप्दै अन्तर कम गरे । तर, खेल सकिन एक मिनेट बाँकी हुँदा लुकाकुले अर्को गोल थपेपछि इन्टरले महत्त्वपूर्ण तीन अंक पक्का गरेको हो ।

जितपछि इन्टरले ३५ खेलबाट ६६ अंक जोडेको छ । त्यो दोस्रो स्थानको युभेन्टससँग अंक बराबरी हो । चौथो स्थानको लाजियोभन्दा एक अंकले माथि हो । युभेन्टसले एक खेल कम खेलेको छ । पराजित सासउलो ४४ अंकका साथ १३औँ स्थानमा छ ।

चौथो स्थानको लाजियोले गए राति लेससँग २–२ को बराबरी खेलेको थियो ।

गए राति साविक विजेता एसी मिलान भने रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको स्पेजियासँग २–० ले पराजित भयो । हारसँगै मिलान ६१ अंकका साथ पाँचौँ स्थानमा छ । योसँगै मिलानको शीर्ष चारमा रहने सम्भावना कमजोर बनेको छ ।

यस्तै, सातौँ स्थानको एटलान्टा पनि १५औँ स्थानको सालेर्निटानासँग १–० ले स्तब्ध बन्यो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  ०९:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro