अर्थ व्यवसाय
काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ८०० रुपैयाँमा करोबार भएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन प्रतितोला एक लाख १० हजार २५० रुपैयाँमा कारोबार भएको छ । बिहीबार तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँ घटेर कारोबार भएको छ । आज चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत कारोबार दिन चाँदीको मूल्य प्रतितोला एक हजार ४३० रुपैयाँ थियो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८० १२:०१
प्रतिक्रिया दिनुहोस्