site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
परीक्षा दिँदै गरेकी छात्राले आत्महत्या गरेपछि चितवन मेडिकल कलेज तनावग्रस्त, डेन्टल ओपीडी ठप्प

काठमाडौं । बीडीएस चौथो वर्षको परीक्षा दिँदै गरेकी छात्राले आत्महत्या गरेपछि चितवन मेडिकल कलेज तनावग्रस्त बनेको छ । घटनाको विरोधमा विद्यार्थीले अस्पतालको डेन्टल ओपीडी सेवा ठप्प पारेका छन् ।

बीडीएस चौथो वर्ष अध्ययनरत विद्यार्थी सिम्रन थापाले बुधबार आफ्नै कोठामा अत्महत्या गरेकी थिइन् । परीक्षा दिइरहेकी थापालाई कलेजका शिक्षकले जबरजस्ती परीक्षा हलबाट निकालेर तनाव दिएको र सोही कारण उनले कोठामा गई आत्महत्या गरेको आरोप विद्यार्थीहरुको छ ।

Dabur Nepal
NIC Asia

उनीहरुले घटनाको छानबिन गरी दोषी शिक्षकलाई कडा कारबाही गर्नुपर्ने माग राखेका छन् । पीडितले न्याय नपाएसम्म मेडिकल कलेजको सम्पूर्ण ओपीडी सेवा अनिश्चितकालका लागि बन्द भएको विद्यार्थी संघर्ष समितिले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

बिहीबार डेन्टल ओपीडीबाहेक अन्य सेवा भने सुचारु रहेको अस्पतालले जनाएको छ ।

यसैबीच मेडिकल विद्यार्थीहरुको छाता संगठन फेडेरेसन अफ नेप्लिज मेडिकल स्टुडेन्टसले घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाहीका माग राखेको छ । फेडेरेसनले बिहीबार विज्ञप्ति जारी गर्दै विद्यार्थी संघर्ष समितिका मागहरुप्रति ऐक्यवद्धता जनाएको छ ।

पछिल्लो समय विद्यार्थीलाई शिक्षकले मानसिक यातना दिने र यस्ता घटना बढ्दै गएको भन्दै शिक्षण शैलीलाई परिष्कृत गर्नुपर्ने माग राखिएको छ ।

cmc chhatra kanda1683793375.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १४:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro